नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
सुस्मिता मास्के
टोली प्रमुख एवँ आरोहण संयोजक, प्रथम समावेशी महिला सगरमाथा आरोहण-२००८
जन्म : नोभेम्बर १९, १९७९, काठमाडौं ।
बाल्यकालदेखि नै सुस्मितालाई आरोहणप्रति औधि रुची थियो । माटो वा परालको थुप्रो देख्नासाथ उहाँलाई त्यसमा चढ्न र त्यहाँबाट तल हेन मन लाग्थ्यो । उच्चस्थानमा पुगेर त्यसको पछाडि रहेका अन्य होचाअग्ला स्थान हर्ेर्ने चाहना उहाँमा सानैदेखि थियो ।
काठमाडौंको नेवार परिवारमा माहिली छोरीको रुपमा उहाँको जन्म सन् १९७९ मा भएको थियो । उहाँको जन्मअघि नै बुबाआमाको पहिलो सन्तानको मृत्यु भएको थियो । सुस्मितालाई नजिकै बस्ने ठूली आमाको जिम्मामा दिइयो । उहाँका तीन छोरा भए पनि छोरी थिएनन् । सुस्मिता दाइहरुसँग हुर्किनुभयो जसले उहाँलाई 'केटाजस्तो' बनायो र उहाँलाई फुटबल र पदयात्रा मनपथ्र्यो । उहाँका दुवै परिवारले कुनै पनि कृयाकलापमा संलग्न हुँदा अबरोध गर्नुभएन । स्वतन्त्र वातावरणमा हुकन पाउनु उहाँका निम्ति भाग्यशाली अवसर थियो र यस्तो परिस्थिति नेपाली महिलाले सहजै प्राप्त गर्न सक्दैनन् । पाइलट बन्ने उहाँको चाहना र सपना भए पनि एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उहाँले शिक्षण पेशा आरम्भ गर्नुभयो । विद्यालयमा पढाउँदा पनि उहाँले पद्मकन्या क्याम्पसमा अध्ययनलाई निरन्तरता दिनुभयो र त्यहाँबाट अंग्रेजी, नृत्य र साँस्कृतिक पर्यटन विषयमा प्रविणता तह र स्नातक तह उत्तीर्ण गर्नुभयो ।
एडमन्ड हिलारी र नेपाली पर्वतारोहीका विषयमा कथाहरु पढेको भए पनि उहाँले हिमाल आरोही बन्ने कहिल्यै सोच्नु भएको थिएन । नेपाल पर्वतारोहण संघले महिला नेतृत्व तालिम सञ्चालन गर्न लागेको सोही संस्थामा कार्यरत आफ्नै सानीआमाबाट उहाँले थाहा पाउनुभयो । अप्रिल २००३ मा यस १९ दिने तालिममा सहभागी हुन उहाँले समय पाउनुभयो । सुस्मिता अन्य पन्ध्रजना महिला साथीहरुसँगै अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जानुभयो । पहिलो पदयात्रा भए पनि उहाँले सोलुखुम्बु वा हेलम्बुका शेर्पिनी महिलाहरुजस्तै हिँड्नुभयो । यस अनुभवले उहाँलाई आत्मविश्वास जगाउनुका साथै सगरमाथा आधार शिविरमा आयोजित आधारभूत पर्वतारोहण तालिममा सहभागी हुने निर्णयगर्नुभयो ।
सगरमाथा आधार शिविरमा रहँदा सुस्मिताले आप्पा शेर्पा, पेम्बा दोर्जी शेर्पा र सगरमाथाको सफल आरोहणको स्वर्ण जयन्ती मनाउने सिलसिलामा नेपाल आउनु भएका सर एडमन्ड हिलारीका छोरा पिटर हिलारीजस्ता सुप्रसिद्ध राष्ट्रिय र अन्तर्रराष्ट्रिय पर्वतारोहीसँग भेट गर्ने अवसर पाउनुभयो । पर्वतारोहणको कठिन तालिम अनुभव गरेपछि उहाँका निम्ति पर्वतारोहीहरु यथार्थमै 'हिरो' थिए । जापान, कोरिया, प्रान्सजस्ता मुलुकबाट कार्यक्रमको समाचार संकलन गर्न आएका सञ्चारकर्मीले सगरमाथा चढ्न आएकी हौ भनेर सोधे र मैले 'हो' भनेर जवाफ दिएँ । यही नै उहाँको संसारकै सबैभन्दा अग्लो हिमाल चढ्ने पहिलो अठोट थियो ।
सेप्टेम्बर २००३ मा सुस्मिताले निलेखा (६,१५९ मि.) हिमालको पहिलो एसियाली महिला संयुक्त आरोहण दलमा सहभागिता जनाउनुभयो । यस आरोहणमा चार मुलुकका १५ जना महिलाको सहभागिता थियो जसमा दुईजना नेपाली महिला थिए । सुस्मिताले आधार शिविर व्यवस्थापक र अनुवादकको रुपमा काम गर्नुभएको थियो । यस आरोहणको समापन लगत्तै उहाँलाई बेलायती पर्वतारोहण सामग्री उत्पादक कम्पनी स्प्रावेका निम्ति मोडेलको रुपमा काम गर्ने अवसर प्राप्त भयो र त्यसैवर्षअक्टोबर २१ मा तस्वीर खिच्नका निम्ति उहाँले आइल्याण्ड पिक (६,१६० मि.) को सफल आरोहण गर्नुभयो । उहाँका निम्ति हिमाली पर्वतमालाको सफल आरोहण गरेको यो नै पहिलो अवसर थियो । शिखरमा पहिलोपटक टेकेको क्षणलाई उहाँ यसरी अभिव्यक्त गर्नुहुन्छ, "मेरो शरीर यति पातलो र सानो थियो कि जोडले चलेको बतासले मलाई उडाउला जस्तो गर्यो । हिउँ परिरहेको थियो र मौसम अनुकूल थिएन तर अनुभवी तीनजना साथीलाई धन्यवाद दिन चाहन्छु जसको मद्दतले मैले शिखरमा पाइला राख्न सफल भएँ ।"
आइल्याण्ड शिखरको आरोहण सम्पन्न गरेलगत्तै सुस्मिता सन् २००४ मा पर्वतारोहणको तालिममा पुनः सहभागी हुनुभयो । लाङटाङ क्षेत्रमा ३३ दिनको पर्वतारोहणसम्बन्धी एडभान्स तालिमको अवधिमा उहाँले सफलतापर्ूवक जनवरी २००४ मा याला पर्वत आरोहण गर्नुभयो र मे महिनामा आइल्यान्ड पिकको दोस्रो पटक आरोहण गर्नुभयो । सुस्मिता भन्नुहुन्छ, "त्यसबखत मैले आफ्नो पूरै समय तालिममा व्यतित गरेँ । यो रोजगारीका निम्ति थिएन न त मलाई कसैले निमन्त्रण नै गरेको थियो तर मलाई हिमालले नै निमन्त्रणा गरिरहेको अनुभव गरेकी थिएँ । पछि यही गर्नेछु भनेर मैले तालिममा सहभागी भएकी थिइन ।"
सन् २००३ को अन्त्यमा सुस्मिताले सगरमाथा आरोहणका निम्ति प्रस्ताव पाउनुभयो । सुरुमा पाँचजना सदस्य थिए जसमा दुईजना नेवारी महिला सुस्मिता र मोनी मुलेपती हुनुहुन्थ्यो तर मोनी र अर्को सदस्यले बीचमै छाड्नुभयो र मोनी अर्को सगरमाथा आरोहण दलमा संलग्न हुनुभयो । अन्य दुईजना सदस्यको आफ्नै रोजगारी थियो, त्यसैले सुस्मिताले सगरमाथा शान्ति आरोहणका निम्ति रकम जुटाउन एक्लै दौडधुप गर्नुभयो । तिनीहरुको ठूलो लगानीकर्ता नभएकोले उहाँले मन्त्रालयहरु, दूतावासहरु, होटल, बैंक र अन्य स्थानमा आरोहणका निम्ति सहयोग गर्न आग्रह गर्नुभयो । यद्यपि, उहाँले स्थानीय नेवार समुदायबाट सोचेजति सहयोग पाउन सक्नुभएन । स्थानीय नेवार समुदायले आरोहण अभियानका निम्ति ५ र १० रुपैंयाका नोट दिएको उहाँ अझै सम्झनुहुन्छ । सगरमाथा आरोहणमा तीनजना सहभागी भए पनि आवश्यक रकमको एकतिहाइ मात्र जम्मा गर्नसक्ने अवस्थामा उनीहरु थिए र उनीहरु सुस्मिताका निम्ति मात्र रकम जम्मा गर्नसक्ने निर्णया पुगेका थिए ।
दुई महिने आरोहण मार्च २००५ मा आरम्भ भयो । यही समयमा तीनवटा नेपाली टोली सगरमाथा आधार शिविरमा थियो । नेपाली मिडियाको मुख्य ध्यान दुईजना नेवारी महिलामाथि थियो, सुस्मिता र मोनी, जो काठमाडौं उपत्यकाको नेवार समुदायबाट आएका थिए र सर्वोच्च शिखर पहिलोपटक आरोहण गरिरहेका थिए । दुईमध्ये जोकोहीले शिखरमा पहिलो पाइला टेकेमा प्रथम नेवारी महिला र पाँचौ नेपाली महिला हुने निश्चित थियो । सुस्मिता र उहाँको टोलीले आधार शिविरबाट माथि जान सरकारको अनुमतिका निम्ति सगरमाथाको आधार शिविरमा झण्डै डेढ महिना बितायो । हरेक दिन उहाँले धेरै पर्वतारोही माथि लागेको देख्नुहुन्थ्यो तर उहाँको टोलीले कुनै दृश्य कारण बेगर नै अनुमति नपाएर आधार शिविरमा बस्नु परेको थियो । अन्य दुईवटा नेपाली टोलीले अनुमति पाए पनि उहाँको टोलीले पाएको थिएन ।
आरोहण समाप्त गर्नु पन्ध्रदिन अघिमात्र उहाँको टोलीलाई शिखर आरोहण गर्न सरकारबाट अनुमति प्राप्त भयो । शेर्पा पथप्रर्दर्शकको असहयोगी व्यवहारका कारण उहाँले आधार शिविरबाट चौथो शिविरसम्म एक्लै हिँड्नुपर्यो । ती शेर्पाले शिखर पुग्ने समयमा समेत सहयोग गरेनन् । एकजना शेर्पा पथपर््रदर्शकले शिखरबाट ४० मिटर तलको हिलारी स्टेपमै अर्को जातिको मानिसलाई म सहयोग गर्दिन भन्दै उहाँलाई छाडिदिए । उहाँसँग र्फकनुबाहेक अर्को विकल्प थिएन । सुस्मिताले त्यसबखतको परिस्थितिलाई यसरी अभिव्यक्त गर्नुभयो, "शिखरतर्फअन्य आरोहीहरु गइरहेको टुलुटुलु हेर्नुपर्यो । हिलारी स्टेपमा बसेर म ४५ मिनेटभन्दा बढी समय रोएँ । म हरुवा भएर र्फकन चाहन्नथेँ । म त्यहीँ मर्न चाहन्थे । एकजना अमेरिकी आरोहीले मलाई अर्कोपटक कोशिस गर्न भने ।" पुरुषको जवर्जस्त प्रभाव रहेको आरोही समुदायबाट उहाँ आउनु भएको थिएन ।
सगरमाथामा उहाँको पहिलो अनुभव यति तीतो थियो कि पहिलो सगरमाथा आरोहणबाट र्फकेको तीन महिनासम्म उहाँ पूर्णरुपमा खिन्न हुनुभयो । ऋण तिर्न उहाँले आफ्ना उपकरणहरु बेच्नुपर्ने अवस्था सिर्जना भयो । उही व्यक्तिका व्यवहारमा समेत विगतको भन्दा फरक व्यवहार थियो । कठिनाइलाई सामना गरेको क्षण सम्झँदै उहाँ भन्नुहुन्छ, "म घरमा बोल्न समेत सक्ने अवस्थामा थिइन किनभने परिवारका सदस्यलाई म चिन्तित बनाउन चाहन्नथेँ । तर एकदिन म परिवारका अघिल्तिर रोएँ र त्यसले मलाई पुनर्ताजगी बनायो । त्यसपछि मेरो परिवारले मलाई सहयोग गर्यो र परिवारका निम्ति मैले केही गर्नका निम्ति पुनः केही काम आरम्भ गर्नुपर्दछ भन्ने सोचेँ ।"
सुस्मिताले पुनः आफ्ना पाइला अघि बढाउनुभयो । गन्तव्य मनाङ २००७ का निम्ति कार्यरत एउटा गैससको गतिविधिमा सन् २००६ मा उहाँ संलग्न हुनुभयो र जापानी ट्राभल एजेन्सीका निम्ति पथप्रदर्शकको रुपमा काम गर्नुभयो । क्याम्पसमा अध्ययन पुनः आरम्भ गर्नुभएकी उहाँले अंग्रेजी विषय लिएर स्नातकोत्तर तह पूरा गर्नुभयो । जुलाइ २००७ मा दुईजना नेपालीले आफूलाई सगरमाथा आरोहणका निम्ति आरोहण टोली गठन गर्न प्रस्ताव गरेका थिए । प्रारम्भदेखि नै उहाँले टोली गठन गर्ने र रकम उठाउनेतर्फसमर्पित गर्नुभयो । उहाँहरुको योजना विभिन्न जाति र जनजातिबाट दशदेखि पन्ध्रजनासम्मको नेपाली महिलाको टोली बनाउने थियो । प्रारम्भमा सोह्रजना महिला उपस्थित हुनुभयो तर अन्त्यमा १७ देखि ३१ वर्षउमेरका अविवाहित दशजना मात्र बाँकी रहनुभयो । तीमध्ये दुईजनासँग मात्र उच्च हिमाल आरोहण गरेको अनुभव थियो । केही सदस्यहरुसँग समुद्र सतहबाट २,००० मिटरभन्दा माथिको स्थानमा गएको अनुभव समेत थिएन ।
आरोहणको नाम 'पहिलो समावेशी महिला सगरमाथा आरोहण - २००८" राखिएकोले यसले टोली समावेशी रहेको देखाउँथ्यो जसमा दुईजना नेवार, तीनजना शेर्पा, दुईजना क्षेत्री, एकजना ब्राहृमण, एकजना गुरुङ र एकजना दनुवार समुदायको हुनुहुन्थ्यो । नेपाली समाजमा यस्तो एकताबद्ध टोली निर्माण गर्नु वास्तवमै कठिन थियो तर सुस्मिता र उहाँको टोलीले यसलाई साकार पार्यो । यसपटक समेत रकम संकलन त्यति सहज थिएन । सहयोगका निम्ति सुस्मिताले झण्डै ५०० व्यक्तिसँग भेटघाट गर्नुभयो जसमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड समेत हुनुहुन्थ्यो । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, "धेरै मानिसले हामीलाई पत्याएनन् । नेपाली आरोहीका निम्ति लगानी गर्नेतर्फनेपाली समाजमा कुनै धारणा नै नभएको मैले अनुभव गरेँ ।" तैपनि, यसपटक उहाँ र उहाँका साथीहरुको भाग्य चम्कियो । उहाँहरुले विश्व खाद्य कार्यक्रम, बीपी कोइराला भारत-नेपाल प्रतिष्ठान र डेनमार्क दूतावासजस्ता महत्वपर्ूण्ा प्रायोजकहरु पाउनुभयो ।
आरोहण प्रारम्भ गर्नु दुई महिनाअघि दशमध्ये सुस्मिता समेतका आठजना सदस्य सदस्यबीचको एकतालाई सबलीकृत गर्नका निम्ति दुई महिनासम्म एकजना सदस्यको घरमा बस्नुभयो । उहाँहरुले दैनिक सँगै तालिम गर्नुभयो र दिदीबहिनीको रुपमा सँगै बस्नुभयो । "हामी अत्यन्त एकताबद्ध भएका थियौँ र हामीलाई कसैले छुट्याउन नसक्ने स्थितिमा पुगेका थियौँ । हामी एकअर्काबाट उत्प्रेरित भएका थियौं । सदस्यहरुबीच कुनै किसिमको विवाद थिएन," सुस्मिताले बताउनुभयो ।
सन् २००८ को मे २२ र २५ का दिन दशैजना महिला सदस्य र समूहमा रहेका दुईजना शेर्पाले सगरमाथाको शिखर चुम्न सफल हुनुभयो । समावेशी दलले आरोहण गर्नुअघिसम्म सातजना मात्र नेपाली महिलाले सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सुस्मिता विगतको भन्दा यो आरोहण कसरी फरक थियो भनेर बताउनुभयो, "यसपटक म ठूलो मानसिक दबाबमा थिएँ किनभने हाम्रा निम्ति ठूला प्रायोजक थिए र मैले नै आरोहणको समन्वय गर्नु थियो । तर विगतको भन्दा यो आरोहण यस अर्थमा फरक थियो कि हाम्रो आरोहणको योजना अघि बढ्दै जाँदा समुदायका सबै क्षेत्रबाट बढी सहयोग प्राप्त गरेका थियौं । हामीलाई निरुत्साहित गर्ने मानिस नभएका पनि होइनन् तर हाम्रो टोली धेरै नै एकताबद्ध थियो ।" उहाँले आफूमा न भय न उत्तेजना रहेको बताउनुभयो । र आरोहणको अवधिमा आइपर्ने जस्तोसुकै समस्यालाई सामना गर्न तयार हुनुहुन्थ्यो । "म हिलारी स्टेपमा पुग्दा सन् २००५ को पछिल्लो आरोहण सम्झन पुगेँ । त्यस आरोहणबाट फर्किएपछि म शिखरको तस्वीरहरु हेर्ने गर्दछु र हरेकदिन शिखरको चुचुरोमै रहेको कल्पना गर्दछु । शिखरमा देखेको दृश्य मेरो मानसपटलमा अझै घुमिरहेको छ र शिखर सफलतापर्ूवक आरोहण गरेको दिन म शिखरमा पहिल्यै पुगेको अनुभव भएको थियो ।"
उहाँ थप्नुहुन्छ, "विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुग्ने मेरो सपना पूरा गर्न मैले यो योजनामा प्रारम्भ गरेकी थिएँ तर आरोहणको अन्त्य हुँदा समेत मैले सफलतामा खुशीयाली मनाउन सकिन किनभने सगरमाथाको शिखरतर्फगएका सबै नौ जना साथीहरु सगरमाथा आधार शिविरसम्म सुरक्षितरुपमा पुगिसकेका थिएनन् । शिखरमा पुग्नेक्रममा मैले भगवान चोमोलोङ्मासँग सबै दशजनाको सफल आरोहणको एकमात्र इच्छा राखेको थिएँ । आरोहणपश्चात ममा आत्मविश्वासी र दरिलो बनाएको छ । अहिले म कुनै पनि चुनौतिलाई सामना गर्नसक्ने भएकी छु । अहिले म यस्ता आत्म सशक्तीकरणका कृयाकलापमा महिलालाई उत्साह र उत्प्रेरित गराउन सक्ने भएकी छु ।"
नेपाली महिलाको निम्ति आयोजित ऐतिहासिक आरोहणबाट फर्किएपछि उहाँले एउटा गैससमार्फ हिमाली क्षेत्रको पर्यावरणका क्षेत्रमा कार्य गर्ने निर्णयगर्नुभएको छ । यो गैसस उहाँका आरोही साथीहरुसँग मिलेर स्थापना गरिएको हो । हिमाल आरोहणको क्षेत्रमा सुस्मिताले लैंगिक विभेद र जातीय विभेदजस्ता धेरै किसिमका समस्या झेल्नु परेको छ जसलाई उहाँले आफ्नै समुदायबाट कहिल्यै सामना गर्नुपरेको थिएन । तर आरोहण गर्ने इच्छा भने कहिल्यै समाप्त नहुने उहाँ बताउनुहुन्छ ।