This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


रेणुकुमारी यादव

पूर्वमन्त्री, शिक्षा
सदस्य, संविधानसभा
केन्द्रीय सदस्य, मधेशी जनअधिकार फोरम
जन्मः सन् १९६३, बिहार, भारत

रेणुकुमारी यादवको जन्म भारत बिहारको फारबिसगन्जस्थित गरुराह गाउँमा जुन २०, १९६३ मा राजनीतिक परिवारमा भएको थियो । समय र परिस्थितिले उहाँलाई नेपालको राजनीतिक परिदृश्यमा माथिल्लो तहमा पुर्‍याएको छ । उहाँको जनताप्रतिको प्रतिबद्धताले धेरै कम सफल मधेशी महिला राजनीतिकर्मीमध्ये एक बनाउन सहयोग गरेको छ ।
यादवको संयुक्त परिवार थियो जसमा बुबाको परिवार र दुईजना काकाहरु हुनुहुन्थ्यो । सबैको राजनीतिमा निहित चासो थियो र समाजमा नयाँ विकासक्रम चाहनुहुन्थ्यो । उहाँका बुबा रामेश्वर प्रसाद यादवले दुईवटा विषयमा स्नातकोत्तर गर्नुभएको थियो भने आमा चिन्तामणी देवीले एसएलसी गर्नुभएको थियो । यो पढेलेखेको परिवार थियो र समाज रुढीवादीग्रस्त भए पनि उहाँको परिवारले केटीहरुलाई विद्यालय पठाउन उत्साह प्रदान गरेको थियो र कुनै प्रकारको विभेद देखाएन ।
यादवले गाउँकै कन्या माध्यमिक विद्यालय र भगवतीदेवी बालिका माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो । त्यसबखत कलेजमा केटीहरु देखिनु दुलभ थियो र उच्च शिक्षा हासिल गर्नका निम्ति छोरीहरुलाई अनुमति दिने उहाँको परिवार पहिलो थियो । मिथिला विश्वविद्यालय अर्न्तर्गतको फारबिसगन्ज कलेजबाट उहाँले इतिहास विषयमा स्नातक तह उत्तीर्ण गर्नुभयो तर उहाँको दुलाहाको घरमा अध्ययनलाई महत्व नदिइएका कारण उहाँको अध्ययनमा छोड्नु परेको थियो ।

यादवले सन् १९८१ मा नेपालको सप्तरी जिल्लाका अशोककुमार यादवसँग मागी विवाह गर्नुभयो । प्रस्ताव दुलाहाको घरबाट आएको थियो र भाग्यवश दुलाहाको परिवार समेत राजनीतिक थियो । उहाँका बुढा-ससुरा बिन्देश्वरीप्रसाद यादव राजनीतिक व्यक्तित्व एवँ सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँका ससुरा इन्द्रदेवप्रसाद पञ्चायतकालमा साँसद हुनुहुन्थ्यो । यादवको परिवारिक जीवन धेरै सफल थियो र उहाँबाट चाँडै नै एक छोराको जन्म पनि भयो । उहाँ असल गृहिणी हुनुहुन्थ्यो र परिवार एवँ पारिवारिक मामिलामा सहयोग गर्न पाउँदा उहाँलाई खुशी लाग्दथ्यो ।

तैपनि, उहाँको खुशीयाली दाम्पत्य जीवन लामो समयसम्म रहेन । ससुराको मृत्युपश्चात उहाँको श्रीमान्ले आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिनुभयो र जिल्लाको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ जिल्ला पञ्चायतमा प्रतिष्पर्धा गर्न चाहनुहुन्थ्यो । सन् १९८६ मा निर्वाचन हुनु दुईमहिना पहिले उम्मेदवारीका विषयमा परिवारभित्र विवाह सिर्जना भयो र काकाले अशोकमाथि गोली हानेर हत्या गरे ।

चारवर्षति यादवले घरयासी काममै व्यस्त राख्नुका साथै घरमै चुपचाप र पीर मानेर समय व्यतित गर्नुभयो । श्रीमान्को मृत्युपश्चात उहाँ सासु, छोरा र आफूमात्रको सानो परिवारको रुपमा बस्न थाल्नुभयो । तर्राईका गाउँहरुमा सामान्यतया हुने गरेको कुराभन्दा भिन्न उहाँकी सासुले राजनीतिमा प्रवेशका निम्ति पूर्णरुपमा र्समर्थन गर्नुभयो । जनआन्दोलन १९९० पछि राजनीतिक दृश्यमा पूर्णत परिवर्तन आयो । "मैले सोचेँ म घरबाट बाहिर निस्कनुपर्दछ र आफ्नो क्षेत्र एवँ मुलुकका निम्ति जतिसक्दो केही योगदान गर्नुपर्दछ । मैले मेरा पतिकै मार्गलाई पछ्याउने निर्णयगरेँ," उहाँले भन्नुभयो ।

यादवले प्रारम्भमा सन् १९९१ मा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभयो । स्थानीय क्षेत्रमा उहाँको इमान्दारिता र लोकप्रियताका कारण उहाँलाई तुरुन्तै नेपाल महिला संघको जिल्ला सभापति बनाइयो र उहाँ महिलालाई राजनीतिक मामिलामा छलफल चलाउनका निम्ति स्थानीय महिला भेलाहरुमा सक्रिय हुनुभयो । परिवर्तित राजनीतिक पर्रि्रेक्ष्यमा मानिसले वास्तवमै के चाहन्छन् भनेर बुझ्नका निम्ति यसले ठूलो मद्दत पुर्‍यायो ।

यादवको राजनीतिमा प्रवेश र लोकप्रियता स्थानीयहरुका निम्ति आर्श्चर्यजनक थियो । यथार्थमा, उहाँका धेरैजना ससुराहरु उहाँका प्रतिष्पर्धी बने र बुहारी राजनीतिमा प्रवेश गर्नु स्वीकारयोग्य नहुने बताउन थाले । उनीहरु महिलाले स्वतन्त्र पहिचान बनाउनु सामाजिक मान्यता विपरीत हुने र राजनीति कपाल फुलेका व्यक्तिहरुले गर्ने हो भन्ने गर्दथे ।

राजनीतिक परिवर्तनको लगत्तै पहिलो संसदको चुनाव सन् १९९१ मा सम्पन्न भयो । यादव जिल्लामा सक्रिय हुनुहुन्थ्यो र चुनावमा प्रतिष्पर्धा गर्न चाहनुहुन्थ्यो तर उहाँको दलले चुनावका निम्ति टिकट दिएन । जिल्लाका नेपाली काङ्ग्रेसका केही कार्यकर्ताहरु उहाँको बढ्दो लोकप्रियताप्रति खुशी थिएनन् र नेपाली काङ्ग्रेसका आधिकारिक उम्मेदवारका बिरुद्धमा बागी उम्मेदवार हुने हल्ला फिँजाइदिए । पराजित हुनासाथ उहाँको राजनीतिक करिअर समाप्त हुने अड्कलबाजी गरियो । "म वास्तवमा व्रि्रोही उम्मेदवारको रुपमा चुनाव लड्न चाहन्नथे तर स्थानीय जनताको दबाबका कारण मैले स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा उठ्ने निर्णयगरेँ । दुभाग्यवश, मैले जित्न सकिन," उहाँ भन्नुहुन्छ ।

त्यसबखत धेरै कम मधेशी महिला राजनीतिमा संलग्न हुनुहुन्थ्यो । चुनावमा पराजित भएपनि यादवले आफूभित्र राजनीतिक सम्भावना रहेको प्रमाणित गर्नुभयो र धेरैवटा राजनीतिक दललाई ध्यानाकषिर्त गर्नुभयो । पूर्व पञ्चायती नेता र्सूयबहादुर थापा र हेमबहादुर मल्लको ससुरासँग राम्रो सम्बन्ध थियो र उहाँहरुले सन् १९९३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकोराप्रपा) मा प्रवेशका निम्ति राजी गराउनुभयो । राप्रपाको सदस्यको रुपमा पहिचान स्थापित गराउनु अझ डरलाग्दो विषय थियो । "जुनसुकै पार्टीको आवद्ध भए पनि मैले जनताका निम्ति इमान्दारीपूर्वक काम गरेमा म सफल हुनसक्छु भन्नेमा म अझ पनि विश्वस्त थिएँ," राप्रपामा प्रवेशका सर्न्दर्भमा उहाँले भन्नुभयो ।

यादवले नेपाली काङ्ग्रेसभित्र प्रगति गर्न असफल हुनुका साथै पार्टीभीत्र दुश्मन मात्र कमाउनुभयो । उहाँले राप्रपाभित्र मैत्रीपूर्ण वातावरण प्राप्त गरेको अनुभव गर्नुभयो र उहाँ केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो, यो ठूलो जिम्मेवारी थियो । उहाँले सन् १९९४ को संसदीय चुनावमा प्रतिष्पर्धा गर्नुभयो । उहाँ यसपटक पनि पराजित हुनुभयो तर पार्टीका निम्ति कडा परिश्रम गरिरहनुभयो । उहाँको अन्त्यहीन प्रयासका कारण उहाँले सन् १९९९ मा सप्तरीको क्षेत्र न. ३ बाट चुनाव जित्नुभयो र प्रतिनिधिसभाको सदस्य बन्नुभयो ।

यादव उत्साही हुनुहुन्थ्यो र संसदमा आम जनताको आवाजलाई पुर्‍याउने गहन जिम्मेवारी बोध गर्नुभएको थियो । संसदमा उहाँले नियमितरुपमा जनताका सवालहरुलाई उठाउने, निर्वाचन क्षेत्रका निम्ति बजेटको व्यवस्था गर्ने र स्थानीय विकासतर्फयोगदान गर्नेतर्फकार्य गर्नुभयो । तर मे २००२ मा संसद विघटन भयो ।

यादवले सिँहदरवार प्रवेश गर्नुअघि गाउँका जनताको प्रतिनिधिको रुपमा संसदको ठूलो तस्वीर परिकल्पना गर्नुभएको थियो । नेपाली काङ्ग्रेसको हरेक कुरामा आधिपत्य थियो र अन्य पार्टीको आवाज उठाउनु केवल कर्मकाण्ड मात्र थियो । सरकारमा बस्ने मानिसको ध्यान आफ्नो स्थान सुरक्षित राख्ने र विपक्षीको काम सरकार ढाल्नेतर्फमात्र केन्द्रित थियो । "म केही समय निराश भएँ । राज्यभित्र कहिँपनि पद्धतिले काम गरेको थिएन । तर मुलुकलाई परिवर्तन गर्नका निम्ति लोकतन्त्र र सँसद नै प्रमुख साधन रहेकोमा म विश्वस्त थिएँ ।"

र्सूयबहादुर थापा प्रधानमन्त्री रहँदा जुन २००३ मा यादवले कबिर ११ महिनासम्म महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको कार्यभार सम्हाल्नुभयो । यो अवधि चुनौतिले भरिएको थियो । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीकाएमाले) समेतका अधिकाँश राजनीतिक दलले शक्ति पुनः प्राप्त गर्नका निम्ति राजा ज्ञानेन्द्रका बिरुद्धमा सडक प्रदर्शन आरम्भ गरेका थिए । माओवादीहरु जङ्गलमा बसेर शसस्त्र संर्घष गरिरहेका थिए । पशुपति शम्शेर राणाको नेतृत्वमा रहेको उहाँको पार्टीको एउटा समूहले आन्दोलनमा समाहित हुन सडकमा उत्रियो । "तर छ सदस्यीय मन्त्रिपरिषद्ले मुलुकमा सहजतापूर्वक शासन गरिरहेको थियो । समग्र परिणाम उत्साहजनक थियो र हामीहरु विवादित भएका थिएनौं," उहाँले बताउनुभयो ।
राप्रपा दुईवटा पार्टीमा विभाजित भएको र थापाले राष्ट्रिय जनशक्ति पार्टीआरजेपी) समेत गठन गरेपछि यादवको अघिल्तिर छनौट गर्नुपर्ने अवस्था सिर्जना भयो । राजाको सरकारलाई जनशक्ति पार्टीको र्समर्थन गरिरहेको भए पनि राजाको असंवैधानिक कदमको बिरुद्धमा बोल्ने यादव केही नेतामध्ये एक हुनुभयो र सप्तरीमा राजाको प्रत्यक्ष शासनको बिरोधमा सञ्चालित आन्दोलनमा व्यक्तिगतरुपमा सप्तरीमा भाग लिनुभयो । उहाँका बिरुद्धमा पार्टीले कारवाही गर्नुअघि नै राजाले शासन त्याग गरे र अप्रिल २००६ मा संसद पुनर्स्थापित भयो ।

"शाही हत्याकाण्ड भएलगत्तै सन् २००१ मा संसद सदस्य रहेकै अवस्थामा मैले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्ने मौका पाएकी थिएँ । उनले आफूले कार्यकारी अधिकार लिने समय आएको छैन र भनी मलाई सोधेका थिए । सेना तपाईंको साथमा रहे पनि जनता नरहेको मैले स्पष्टरुपमा बताएकी थिएँ," उहाँ सम्झनुहुन्छ ।

राजतन्त्र समाप्त भयो र माओवादी द्वन्द्व पनि अन्त्य भयो तर सबैका निम्ति परिस्थिति त्यति अनुकूल भएको थिएन । प्रतिनिधिसभामा माओवादीको सहभागिता भएपछि समग्र संसदीय प्रणालीमा आमूल परिवर्तन भएको अनुभव गर्नुभएको थियो । धेरैवटा महत्वपूर्ण कुराहरुलाई सहमतिका नाममा उपेक्षा गरिएको थियो र पञ्चायत पृष्ठभूमि भएका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पन्छाइएको थियो ।

अन्तरिम संविधानको मस्यौदा तयार भयो तर यसले आदिवासी जनजाति, महिला, दलित र मधेशीको अधिकारलाई महत्व दिएको थिएन । त्यसकारण यादवले संविधानको प्रति जनाउने प्रदर्शनमा सहभागिता जनाउनुभयो । "राजामात्र होइन कसैले पनि निरङ्कुशता प्रदर्शन गरेमा त्यसका बिरुद्ध आवाज उठाउने प्रण गरेँ," उहाँ भन्नुहुन्छ ।

मधेशीलाई वर्षौंदेखि अपहेलना गरिएको छ । तिनीहरुले आफ्नो आवाज नसुनिएको अनुभव गर्दै आएका छन् र तिनीहरुलाई राजनीतिक रङ्गमञ्चमा दरिलो र महत्वपूर्णरुपमा आवाज उठाउन जरुरी भएको थियो । "मलाई मधेशी जनअधिकार फोरममा प्रवेश गर्न निमन्त्रणा गरिएको थियो । एकीकृत र शक्तिशाली पार्टीसउ उपस्थितिले मात्र केन्द्र सरकारले मधेशीलाई न्याय प्रदान गर्नसक्ने अनुभव गरेकी थिएँ," उहाँ भन्नुहुन्छ । त्यसलगत्तै उहाँलाई मधेशी जनअधिकार फोरमको केन्द्रीय समिति सदस्यमा समावेश गरियो ।

मधेशी जनअधिकार फोरमको प्रतिनिधित्व गर्दै उहाँले सप्तरी क्षेत्र न.४ बाट संविधानसभा सदस्यमा उठ्नुभयो र विजयी बन्नुभयो ।

यादवका अनुसार आजका समस्याको जड नै साझा संयुक्त सरकार निर्माणको जरुरीमा निर्भर छ । राजनीतिक दलका नेताहरु सत्ताका निम्ति एकठाउँमा बस्ने गरेका छन् तर तिनीहरुले एकअर्कालाई गालीगलौज गरिरहेका हुन्छन् । "केही नेताहरु अर्को राजनीतिक दललाई विभाजन गराउनेसम्मका कार्यमा लागेका छन् । केही मुठ्ठीभरका नेताहरुको निहित स्वार्थका कारण समग्र मुलुक नै पीडित भइरहेको छ," उहाँ भन्नुहुन्छ ।

संसदमा अन्तरिम संविधानप्रति विभिन्न राजनीतिक दलका सदस्यहरुले असहमति प्रस्तुत गरे पनि तिनीहरुले निर्णयनिर्माणका महत्वपूर्ण क्षणमा आत्मर्समर्पण गरेको देखिन्छ । "मेरो निम्ति यो भ्रान्तिकै कुरा हो किनभने तिनीहरु सबैका मुद्दाहरु छन् तर तिनीहरु पार्टीीे दाश भएका छन् । यही कारण संसदबाट केही महत्वपूर्ण विषयहरु पारित नभएको मेरो बुझाइ छ । ठूला राजनीतिक दलहरु उच्च जातिका हिन्दु पहाडी समुदायको पकडमा रहेसम्म सबैका निम्ति कसरी न्याय हुनसक्छ -," उहाँ भन्नुहुन्छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अगष्ट २००८ मा गठन भएको मन्त्रिपरिषद्मा यादवले शिक्षा मन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । निजी विद्यालयलाई कर लगाउनेजस्ता विषयसँग माओवादीका तर्फाट अर्थमन्त्री हुनुभएका डा. बाबुराम भट्टराइसँग उहाँले चुनौतिको सामना गर्नुपरेको थियो । "केही दिनसम्म यो निक्कै कठिन थियो । कुनै कारणबेगर कार्यालयहरुमा तालाबन्दी गरिएको थियो । तर मैले सबै पक्षलाई सहमतिमा ल्याएँ र त्यसपछि ठिकरुपमा काम अघि बढ्न थाल्यो," उहाँले भन्नुभयो ।

शिक्षकहरुको नियुक्ती, आरक्षण विधेयक र पाँच विकास क्षेत्रमा शहीद एकेडेमी खोल्ने प्रक्रिया यादवको कार्यकालका केही प्रमुख योगदान हुन् । तर दाताहरुसँग उहाँको तीतो अनुभव छ र नेपालको राष्ट्रिय कार्यक्रममा उनीहरुको प्रभाव बढेको निष्कर्षा उहाँ पुग्नुभयो । उनीहरु नेपाललाई सहयोग गर्न तयार थिएनन् । उनीहरु आफ्नो स्वार्थका आधारमा सरकारमाथि दबाब दिइरहेका हुन्थे ।

यादवले आफ्नो राजनीतिक जीवनमा धेरैवटा समस्याको सामना गर्नुपर्‍यो तर यी समस्याहरु महिला भएको आधारसँग सम्बद्ध थिएनन् । "महिला हुँदा स्वाभाविकरुपमा केही फरक पर्दछ तर मसँग प्रतिबद्धता थियो र मलाई दिइएको कुनै पनि जिम्मेवारी पूरा गर्दछु भन्ने साहस थियो । त्यर्सथ, मैले महिला भएको नाममा राजनीतिलाई कहिल्यै उपयोग गरेकी थिइन । मैले हरेक कठिन क्षणहरुलाई सामान्यरुपमा लिएँ र यस्ता समस्या पुरुष र महिला दुवैले सामना गर्नुपर्दछ भन्ने मेरो सोचाइ थियो," उहाँ भन्नुहुन्छ ।

इमान्दारीपूर्वक काम गरेमा उपलब्धीहरु स्वाभाविकरुपमा हासिल हुने उहाँको धारणा छ । "मैले अझ कडा मेहनत गर्नुपर्दछ भन्ने सोचेकी छु । हामी सबैले इमान्दारीका साथ कडा परिश्रम गरेमा परिवर्तन ल्याउन सकिन्छ । इमान्दारीताको मार्गबाट कहिल्यै बिचलित नभएकोले नै म सन्तुष्ट हुन सकेको अनुभव गरेकी छु ।"

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .