This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


रामकुमारी झाक्री

अध्यक्ष, अनेरास्ववियु
जन्म सन् १९७८ मे २३, झ्यालपोखरी, गुल्मी
रामकुमारी झाँक्री सन् २००८ सेप्टेम्बरमा भएको अनेरास्ववियु (नेकपा एमालेको विद्यार्थी संगठन) को १९ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको लागि लड्नु भयो । पुरुष उम्मेदवारसँगको कडा प्रतिस्पर्धा पछि उहाँ अध्यक्ष पदमा विजयी हुनुभयो । यसरी उहाँले विद्यार्थी संगठनको इतिहासमा पहिलो महिला अध्यक्ष भएर नेपालको इतिहासमै नाम लेख्नुभयो ।

रामकुमारीको जन्म गुल्मीको एक निम्न मध्यम मगर परिवारमा छैठौं सन्तानको रुपमा भएको थियो । उहाँहरु चार दिदी बहिनी र तीन दाजुभईहरु हुनुहुन्छ । बाल्यकालदेखि उहाँ जहिले पनि समाजमा पुरानो परम्परा तोड्ने खालको भूमिका खोज्नुहुन्थ्यो । उहाँ पाँच वर्षो भएपछि गाउँमा अरु केटीहरु सरह नै उहाँलाई पनि परिवारले भेंडा चराउन पठाउन लागेको थियो । तर, उहाँ मान्नुभएन र दाजुहरुसँग स्कूल जानुभयो । यसप्रकार उहाँ स्कुलमा जाने गाउँकै पहिलो केटी बन्नुभयो । उहाँ भन्नुहुन्छ -'सानो हुँदादेखि मलाई किताब पढ्ने, एकदम रुचि थियो । स्कुल जानु अगावै मैले दाजुहरुबाट कथा र कविता बनाउन सिकेको थिएँ । त्यसैले स्कुल गएको केही महिना भित्रै मलाई पहिलोबाट दोस्रो कक्षामा पठाइदिए । '

कक्षा ५ सम्म पढ्न उहाँलाई गार्‍हो भएन किनभने त्यतिसम्म पढ्नलाई पैसा तिर्नु पर्दैनथ्यो । तर कक्षा ६ मा जान भने उहाँले घरमा झगडा नै गर्नुपर्यो । घरको आर्थिक अवस्था राम्रो नभएकोले उहाँको परिवार उहाँ फेरि नपढोस् भन्ने चाहन्थे । 'मलाई आज पनि लाग्छ त्यतिबेला मैले मेरो परिवारसँग गरेको संर्घष मेरो जीवनकै सबैभन्दा ठूलो हो'-उहाँ सम्झनुहुन्छ । जब उहाँले महिनौसम्म घरमा रोइकर्राई गरेर पनि आफ्नो बुबा आमालाई फकाउन सक्नुभएन, एकदिन उहाँ साथीहरुसँग स्कुलमा गएर पढ्नुभयो र त्यसरी नै हरेक दिन दुई घण्टा हिंडेर त्यत्तिकै स्कुलमा पढ्न थाल्नुभयो । यस्तै प्रकारले उहाँको पर्ढाई अगाडि बढ्यो । उच्च माध्यमिक तहसम्म पुग्दा उहाँले किताब र नोटकापीहरु स्कुलमा हुने भलिबल, म्याराथुन, हाजिरीजवाफजस्ता प्रतियोगिताहरुमा जितेर पाउनुहुन्थ्यो जुन वर्षरि प्रयोग गर्नलाई पुग्थ्यो । यसले उहाँलाई आत्मनिर्भर बनायो र उहाँको अभिभावकलाई पनि उहाँलाई पढ्न अनुमति दिन गार्‍हो भएन ।

सन् १९९० मा ५० दिनको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना हुँदा रामकुमारी ११ वर्षो मात्र हुनुहुन्थ्यो । यसको लगत्तै पछाडि उहाँको पृथ्वी माध्यमिक विद्यालयमा अनेरास्ववियुको कमिटी गठन भयो । यसमा उहाँ सहसचिव बन्नुभयो र यसप्रकार उहाँको राजनीतिक जीवनको शुरुवात् भयो । अर्को वर्षउहाँ स्कुल कमिटीको अध्यक्ष बन्नुभयो भने त्यसपछि सन् १९९१ देखि १९९३ सम्म क्षेत्रीय कमिटीको अध्यक्ष भएर काम गर्नुभयो । उहाँ क्षेत्रीय तहको पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ जहिले पनि उहाँको समुदायका केटीहरुभन्दा एक कदम अगाडि हुनुहुन्थ्यो । यसले गर्दा गाउँका सामान्य केटीहरुलाई पनि परम्पराबाट बाहिर आउन प्रेरणा मिल्थ्यो ।

बाल्यकालदेखि रामकुमारी एक व्रि्रोही स्वभावकी हुनुहुन्थ्यो । उहाँ कक्षा ६ मा पढ्दै गर्दा उहाँको शिक्षकले सुनाउनुभएको कार्ल मार्क्सको वर्ग संर्घषका कुराहरुले उहाँलाई धेरै प्रभावित बनायो । उहाँ भन्नुहुन्छ -'मार्क्सवादले मलाई समाजलाई हेर्ने दृष्टिकोण दियो । त्यसका साथै म मेरा दाजु पद्म झाक्रीबाट पनि प्रभावित थिएँ जो त्यसबेला राजनीतिक रुपमा सक्रिय हुनुहुन्थ्यो । मेरा दाजुहरुमार्फ् मैले राजनीतिक पार्टीीसँग सम्बन्धित व्यक्तिहरुसँग सम्बन्ध बनाएँ ।'

सन् १९९० को राजनीतिक परिवर्तन पश्चा्त पनि उहाँले नेपाली समाजमा हुने थुप्रै प्रकारका विभेदहरुको अन्त्य नभएको महसुस गर्नुहुन्छ । अल्पसंख्यक जनजातिमध्ये एक र दर्ुगम गाउँको गरीब परिवारमा बस्ने भएर उहाँले अझ बढी कठिनार्यहरु भोग्नु भएको छ । उहाँ अब ती विभेदहरुको अन्त्य भएकमो चाहनुहुन्छ ।

सन् १९९४ मा एसएलसी पास गरेर उहाँ उच्च शिक्षाको लागि काठमाडौं आउनुभयो । संजोगले त्यो दिन नेकपा एमालेका मनमोहन अधिकारी नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । काठमाडौं आएर पनि कुन विषय पढ्ने भनेर उहाँ स्पष्ट हुनुहुन्न थियो । उहाँका बुबा आमाले उहाँलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो र त्यसैले उहाँले एकपटक नर्सिङ कोर्षपनि गर्नुभयो तर पछि उहाँको दाजुले आफ्नो इच्छाले जे मन लाग्छ त्यही पढ्नु भनेकोले समाजमा रहेको विकृति विभेदलाई हटाउने सपना पूरा गर्नतिर लाग्नुभयो । त्यसपछि उहाँ पद्मकन्या क्याम्पसमा भर्ना हुनुभयो र विद्यार्थी नेताको रुपमा राजनीतिक यात्रा थाल्नुभयो । उहाँ सन् १९९५ मा अनेरास्ववियुको सदस्य र १९९८ मा अध्यक्ष हुनुभयो ।

नेपालमा राजनीतिक पार्टीीले शुरु गर्ने हरेक आन्दोलनहरुमा विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । अक्टोबर २००२ मा शेरबहादुर देउवालाई बर्खास्त गर्दा पनि सबैभन्दा पहिले सडकमा गएर राजाको कदमको विरोध गर्ने पनि विद्यार्थीहरु नै थिए ।

'हामीलाई थाहा थियो राजाको इच्छा भनेको एउटा कठपुतली संसद् बनाउने र त्यसैबाट नेपालमा निरंकुश राजतन्त्र पुनर्स्थापना गर्ने भित्री नियत थियो । '- उहाँले भन्नुभयो । पहिलो विद्यार्थीहरु सडकमा आए र पछि नागरिक समाज र राजनीतिक कार्यकर्ताहरु पनि आएर राजाको कदमको विरोध गर्न थाले । त्यसैबेला सात विद्यार्थी संगठनहरुको संयुक्त संर्घष समिति बन्यो । अनेरास्ववियुले विभिन्न विरोध प्रदर्शनको नेतृत्व गर्ने जिम्मा पायो । रामकुमारी त्यसबेला अनेरास्ववियु केन्द्रीय सर्म्पर्क कार्यालयको प्रमुख हुनुहुन्थ्यो । उहाँलाई एउटा मिटिङले एक सडक आन्दोलनको नेतृत्व लिनुभयो र उहाँले स्वीकार गर्नुभयो ।

उहाँ विद्यार्थी कार्यकर्तालाई निर्देशन दिन सधैं सडकमा हुनुहुन्थ्यो । 'हरेक दिन हामी बस्थ्यौं र कस्तो विरोध कार्यक्रम दिने भनेर छलफल गथ्र्यौ । हामी नसमातिने गरिकन कसरी कार्यक्रम गरिरहन सक्छौ भनेर छलफल गथ्र्यौ । जब म मेरो विचारका लागि लड्छु, म मलाई कुनै दैवी शक्तिले बाटो देखाइरहेको अनुभव गर्छु त्यहाँ न अलमल हुन्छु, न डर नै । त्यहाँ त विश्वास हुन्छ र परिवर्तनको लागि प्रतिबद्धता हुन्छ ।'- उहाँ भन्नुहुन्छ ।

सन् २००४ जनवरीको पहिलो हप्ता विद्यार्थी संर्घष समितिले राजदरवार भन्दा केही पर रत्नपार्कमा राजा ज्ञानेन्द्रको पुत्ला जलाउने कार्यक्रम राखे । त्यो जाडोको मौसम थियो र सुरक्षा बलले विद्यार्थी विरोध कार्यक्रम तितरवितर पार्न पानीको फोहरा लिएर आएको थियो । राज्यदमनको विरुद्ध भर्ुइमा पल्टे । पुलिसले अकस्मात लाठीचार्ज गर्‍यो । उहाँ पनि नराम्ररी पिटिनु भयो । मैले मेरो टाउकोमा केही तातोपानी जस्तो गबगेको अनुभव गरे । मलाई त पुलिसले छ्यापेको पानी होला जस्तो लागेको थियो । पछि थाहा भयो, टाउकोमा गम्भीर चोट लागेर रगतै बगेको रहेछ ।'- उहाँ सुनाउनुहुन्छ । पछि उहाँ बेहोस हुनुभयो र सहकर्मीहरुले उहाँलाई अस्पताल पुर्‍याए । टाउकोको चोट यति गहिरो थियो की उहाँलाई र्सजरी गर्नुपर्‍यो र अस्पतालमे उहाँ २ हप्ता बस्नुभयो । डाक्टरले उहाँलाई डिस्चार्ज भइसकेपछि एक महिनासम्म घरमा 'बेड रेस्ट'मा बस्नुपर्छ भनेका थिए तर उहाँ तुरुन्तै सडकमा पुगिहाल्नुभयो विरोध गर्न । उहाँका शुभचिन्तकहरुले त्यतिबेला उहाँलाई सुरक्षाको लागि हेल्मेट ल्याइदिएका थिए । त्यसपछि उहाँ सञ्चारमाध्यममा छाउनुभयो - राष्ट्रिय अन्तर्रराष्ट्रिय मिडियामा उहाँको कुरा कभर भयो । त्यसैताका विद्यार्थीहरुले नागरिक समाजका साथ सबैभन्दा ठूलो विरोध र्‍यालीको आयोजना गरे पाँच मुख्य पार्टीले तिनीहरुलाई पछ्याए । यसप्रकार शाही कदमका विरुद्धको आन्दोलन बलियो हुँदै गयो ।

राजा ज्ञानेन्द्रले सन् २००१ फेब्रुअरी १ मा अर्को कू गर्‍यो, सेनाको सहयोगको झन ठूलो दमन गरेर । यसबेला राजा आफैंले सरकारको नेतृत्व गर्‍यो र त्यसले अधिकांश ठूला नेताहरुलाई बन्दी बनायो । राज्यको दमनको कारणले गर्दा राजनीतिक पार्टीले विरोध कार्यक्रम राख्न सकिरहेको थिएन । फेब्रुअरी १८ को दिन उहाँ र्‍यालीबाट असन हुँदै भेडासिङतर्फर्फकदा साथहिरु समेत समातिनुभयो । उहाँलाई खरिपाट मा लगियो र ६०-७० जना बन्दी भए पनि महिला भएकोले उहाँलाई एक्लै राखियो । महिनौंसम्म कोहीसँग केही बोल्न पनि नपाउँदा उहाँमा स्वभाविक रुपमा निराशा जस्तै छायो । त्यसमा पनि उहाँको पार्टीको तर्फाट कोही भेट्न पनि आएन । उहाँ भन्नुहुन्छ -'लगभग सबै नेताहरु समातिएका थिए र कसैसँग कुनै सम्वाद पनि सम्भव थिएन । त्यस्तो बेला भविष्यको योजनाको बारे कुनै सोच्न सकेकी थिइन । म कसरी बाहिर जाने भन्ने एक मात्र सोचमा थिएँ । '

उहाँमा केही आशाको किराण जाग्यो जब केही मानवअधिकारवादीहरु बन्दी प्रत्यक्षीकरणको रिट हालेर निस्किए । उहाँले पनि नेपाल बार एसोसिएसनको सहयोगमा रिट हाल्नुभयो र दुई महिनाको अन्तरालपछि मुक्ति पाउनुभयो । यसको लगत्तै पछि फेरि उहाँ सडकमा ओर्लिनुभयो । 'हिरासतमा भनेको मेरो देास्रो घर जस्तै हुनपुग्यो । जबजब मलाई थुन्थे, बन्दी प्रत्यक्षीकरणको रिट हाल्थ्यौं र निस्कन्थ्यौं ।' उहाँ भन्नुहुन्छ ।

सन् २००५ को जुलाईमा पुलिसको लाठीचार्जमा उहाँ फेरि घाइते हुनुभयो । यसबेलामा भने उहाँलाई डे्रसिङ पछि हिरासतमा लगियो, जसले गर्दा घाउ फेरि पाक्यो । 'दोस्रोपल्ट घाइते भएपछि मलाई यो भन्दा नराम्रो केही हुँदैन जस्तो लाग्यो र म झन साहसी भएँ । '-उहाँ सुनाउनुहुन्छ ।

सन् २००५ नोभेम्बरमा सात पार्टी र माओवादीहरुको बीचमा सम्झौता भएपछि शाही कदम विरुद्धको आन्दोलनले अर्को गति लियो । २००६ को अप्रिल ६ मा शुरु भएको १९ दिने जनआन्दोलनले अन्त्त राजालाई जनतालाई र्सार्वभौम सुम्पन्न बाध्य गरायो र अन्तमा गएर राजतन्त्रकै अन्त्य हुन पुग्यो । उहाँका अनुसार त्यो भनेको आधा मात्र सफलता हो । अझ लामो बाटो जानु बाँकी छ । 'हामीले लोकतन्त्र ल्यायौं तर हामीमा नयाँ नेपाल बनाउने जिम्मेवारी बाकी छ । राजनीतिक परिवर्टन मात्र पुग्दैन । हामीले समाज, आर्थिक अवस्था र मानिसको जीवनस्तर बदल्नर्ुपर्छ । पुराना पुस्ताका नेताहरुले यो काम गर्न सुहाउँदैन र यो हाम्रो पुस्ताको जिम्मेवारी हो । '

नेपालको इतिहासले यही देखाउँछ कि सबै प्रमुख राजनीतिक परिवर्तनहरुमा विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेले । पञ्चायत कालमा पनि राजनीतिक आन्दोलनहरुमा विद्यार्थीहरुले नै ठूलो भूमिका खेले र पछिल्लो आन्दोलनमा जसले आजसम्मको सबैभन्दा ठूलो राजनीतिक परिवर्तनबाट गणतन्त्र ल्यायो, त्यसमा पनि अनेरास्ववियुकी रामकुमारी र नेविसंघका गगन थापाले शक्तिशाली रुपमा गणतन्त्रको वकालत गरे जबकि पार्टीनेताहरु अकमकाइरहेको थिए ।

रामकुमारीलाई नेकपा एमालेले संविधान सभाको लागि समानुपातिक प्रतिनिधित्वको उम्मेदवारमा नाम राखेको थियो तर उहाँले आफ्नो नाम हटाउन लगाउनु भयो । उहाँसँग कारण छ -'अनेरास्ववियु अहिले विद्यार्थी संगठनको रुपमा आफ्नो स्वतन्त्र भूमिका खोजिरहेको छ । यदि मैले पार्टीीे प्रस्ताव स्वीकार गरें भने अनेरास्ववियु एमालेको एउटा विभाग जस्तो मात्र बन्नेछ । मलाई त्यो मन परेन त्यसैले मैले त्यसको सट्टा अनेस्ववियुको अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ । '

उहाँ नेपालको कुनै पनि विद्याथर्र् सगठिनको इतिहासमा अध्यक्ष पदको पहिलो महिला उम्मेदवार हुनुहुन्थ्यो । उहाँको चुनावी नारा नै थियो -'इतिहास बनाऔं-इतिहास तोडौं' र उहाँले चुनाव जितेर साँच्चै इतिहास बनाउनुभयो । उहाँको चुनावको विजय भनेको आइर्सवर्गको टुप्पो जस्तो मात्र हो, अब उहाँको 'आइसब्रेकरको' क्षमता त्यो भन्दा बढी नै छ ।

स्मीता मगर



Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .