नेपाली महिला
Profiles of Nepali Women
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
मीना पाण्डे
अध्यक्ष, नेपाल महिला संघ
केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेस
सदस्य, संविधानसभा
जन्मः अप्रिल २१, १९५२, बेथान गाउँ विकास समिति, रामेछाप जिल्ला
नेपालको पूर्वी भेगमा खेतीपाती गर्ने सामान्य परिवारमा जन्मनु भएकी मीना पाण्डे सानै उमेरमा विद्यालय जान पाएकोमा आफूलाई भाग्यशाली ठान्नुहुन्छ । उहाँका अशिक्षित अभिभावक छोरीको शिक्षाका निम्ति खर्च गर्नसक्ने अवस्थामा भने हुनुहुन्थ्यो तर आफ्ना केटाकेटीलाई टाढासम्म पठाउन भने तयार हुनुहुन्थेन ।
त्यर्सथ पाण्डेले स्थानीय कुशेश्वरी प्राथमिक विद्यालयको अध्ययन पूरा गरेपछि गाउँमा माध्यमिक विद्यालय नभएकोले उच्चशिक्षाको पढाइलाई त्यसै त्याग्नु परेको थियो । तर थप अध्ययन गर्ने पाण्डेको इच्छा सन् १९६८ मा चुलियो किनभने त्यसवर्षउहाँ गाउँ छाडेर काठमाडौं प्रवेश गर्नुभयो ।
राजधानीमा रहेका एकजना नातेदारसँग पाण्डे बस्न थाल्नुभयो । उहाँले कक्षा ९ मा भर्ना हुने निर्णयगर्नुभयो किनभने पाँच कक्षा मात्र उत्तीर्ण गरे पनि पुस्तकका निम्ति उहाँले पैसा बचाउनु थियो । उहाँका निम्ति ९ कक्षाको पाठ्यक्रम धेरै अप्ठ्यारो थियो तर उहाँ माध्यमिक तहको शिक्षा पूरा गरेरै छाड्ने अठोटमा दृढ हुनुहुन्थ्यो । पाण्डेले दोस्रो प्रयासमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि पद्मकन्या क्याम्पसमा थप अध्ययनका निम्ति भर्ना हुनुभयो ।
उहाँ बसेको परिवारमा सँधैजसो पञ्चायतबिरोधी कुरा हुन्थे । उहाँका दाजु शिवबहादुर खड्का निरङ्कुश पञ्चायती शासनका बिरुद्धमा खुलारुपमा बोल्नु हुन्थ्यो र त्यस्तै बोली बुहारी दुगाको पनि थियो । तर पाण्डेले राजनीतिक मञ्चमा प्रवेश गर्ने चाहना कहिल्यै राख्नुभएन । "म यस क्षेत्रमा अप्रत्यासितरुपमै प्रवेश गरेकी हुँ ।"
काठमाडौंमा अध्ययनका निम्ति आएपछि मात्र राजनीतिमा चाख बढेको पाण्डे स्वीकार गर्नुहुन्छ । यतिबेला राजनीतिक दलका गतिविधिलाई प्रतिबन्धित गरेको समय थियो । आज पनि, धेरै बाबुआमाले आफ्ना छोरीहरुलाई राजनीतिमा प्रवेश गराउन त्यति रुची राख्दैनन् । "मलाई खासगरी राजनीतिमा हामफाल्न निकै मुश्किल भयो । मेरा बुबाआमा यस्तो कार्यको विपक्षमा हुनुहुन्थ्यो किनभने मेरो दाई पञ्चायती शासनका बिरुद्धमा प्रदर्शनमा भाग लिएका कारण जेलमै हुनुहुन्थ्यो," पाण्डे भन्नुहुन्छ ।
पाण्डेले राजनीतिमा विस्तारै सर्म्पर्क बढाउन थाल्नुभयो, विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिँहजस्ता नेपाली काङ्ग्रेसका बरिष्ट नेताहरुसँग उहाँको भेटघाट भयो । उहाँको सक्रिय राजनीति सन् १९७६ मा प्रारम्भ भयो । सन् १९७६ को विद्यार्थी आन्दोलनको अवधिमा उहाँ पक्राउ पर्नुभयो र झण्डै एकवर्षम्म केन्द्रीय कारागारमा थुनामा बस्नुभयो । उहाँका दाजु शिवबहादुर र भाइ रामचन्द्र समेत आन्दोलनमा सहभागी भएको निहुँमा जेलमा थुनिए ।
नेपाल विद्यार्थी संघ (नेपाली काङ्ग्रेससँग आबद्ध) को सदस्यको रुपमा पाण्डे त्रिभुवन विश्वविद्यालयले आफ्ना क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न दिनेगरी सन् १९७९ भएको निर्णयनुसार पद्मकन्या क्याम्पसमा भएको चुनावबाट स्वतन्त्र विद्यार्थी युनियनको पहिलो सभापतिमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी युनियनका पक्षधर पाण्डेका केही साथीहरुले राजनीति परित्याग गरिसकेका थिए । "मैले कहिल्यै संर्घषलाई छाडेर भागिन । म यस क्षेत्रमा निरन्तर कृयाशील छु किनभने राजनीति नै निर्णायक शक्ति हो भन्नेमा म विश्वस्त छु," उहाँ भन्नुहुन्छ ।
पञ्चायती शासनकालमा नेपाल विद्यार्थी संघमा आबद्ध पाण्डे लोकप्रिय विद्यार्थी नेता भए पनि उहाँले पार्टीको सदस्यता सन् १९९० को जनआन्दोलन पछि मात्र लिनुभयो । सन् १९९२ मा उहाँ पार्टीको महासमिति सदस्य बन्नुभयो र पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सन् १९९० को राजनीतिक परिवर्तनपश्चात सम्पन्न पहिलो आम निर्वाचनमा पाण्डे र्सलाही जिल्लाबाट निर्वाचित हुनुभयो र २०५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित भएका सातजना महिलामध्ये उहाँ एक हुनुहुन्थ्यो । उहाँ पुनः १९९६ मा सम्पन्न अर्को आम चुनावमा विजयी हुनुभयो ।
पार्टीको काम बाहेक पार्टीभीत्र महिला साथीहरुसँग रहेर काम गर्ने उहाँमा तीव्र चाहना थियो । बहुदलीय प्रजातन्त्र सन् १९९० पुनर्स्थापित भएपछि पाण्डेले सक्रियतापूवक नेपाल महिला संघमा आबद्ध रहेर काम गर्नुभयो र मंगलादेवी सिंहको नेतृत्वमा यसलाई अझ गतिशील बनाउनुभयो ।
उहाँको कडा परिश्रमलाई धन्यवाद दिनैपर्दछ किनभने पाण्डे सन् १९९७ डिसेम्बरबाट झण्डै एकवर्षम्म महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा नियुक्ती पाएर काम गर्ने मौका पाउनुभयो । यस्तो पद प्राप्त गर्ने उहाँ तेस्रो महिला हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसका लीला कोइराला र नेकपा (एमाले) का सहाना प्रधानले उक्त पद यसअघि प्राप्त गर्नुभएको थियो । महिला र बालबालिकाका निम्ति चाहेजस्तो उपलब्धी हासिल गर्न नसकेको भए पनि पाण्डेले आफ्नो कार्यकालमा केही आधारभूत परिवर्तन भने गर्नुभयो । उहाँले महिलासम्बन्धी बेइजिङ विश्व सम्मेलनमा प्रस्तुत गरिने मुद्दालाई उठाउन एउटा कार्ययोजना समेटिएको पुस्तक प्रकाशित गर्नुभयो । उहाँले राष्ट्रिय महिला आयोगको गठन गर्ने तत्परता देखाउनुका साथै बेखबिखनमा परेर भाग्न सफल चेलिबेटीलाई पुनर्स्थापित गर्नका निम्ति माइती नेपाल नामक गैसस स्थापना गर्न सहयोग गर्नुभयो ।
पाण्डेले यसअतिरिक्त 'महिला जागृति' अवधारणा कार्यपत्र तयार गर्नुभयो जसको उद्देश्य महिलालाई 'भान्साघरबाट संसद' मा पुर्याउने लक्ष्यका साथ मुलुकका ७५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गर्ने थियो । दुभाग्यवश यो अवधारणा कार्यरुपमा नआउँदै उहाँले मन्त्री पदबाट राजीनामा गर्नुपर्यो । नेपाली काङ्ग्रेसकै कमला पन्तले यस मन्त्रालयको कार्यभार लिनुभयो । तैपनि, पाण्डेको विचारले पूणता पायो र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअर्न्तर्गत सबै जिल्लामा महिला विकास शाखा खोलिए । पाण्डे आफ्ना कामलाई सरकारका कार्यक्रमसँग मूल्याङ्कन गर्न इच्छा गर्नुहुन्न । "म कार्यक्रमहरु प्रभावकारी भए वा नभएको बताउन सक्दिन । अन्य मानिसलाई लेखाजोखा गर्न छाडौं," उहाँले बताउनुभयो ।
पाण्डे पार्टीभीत्र आफ्नै अनुभवका आधारमा उही पदका निम्ति पुरुष साथीको भन्दा महिलाले बढी परिश्रम गर्नुपर्ने बताउनुहुन्छ तर यस्तो अवस्था हरेक क्षेत्रमा व्याप्त छ ।
संविधानसभामा समानुपातिक प्रतिनिधिको रुपमा उहाँ निर्वाचित हुनुभएको छ र यो महिलाका निम्ति सहज भएको छ । "समान सहभागिता र महिलाको समावेशीकरणका विषयमा आजभोलि धेरै कुरा सुनिएको भए पनि त्यसलाई पर्याप्तरुपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन । संविधानसभामा अहिले १९७ जना महिला सदस्य छन् । महिलाहरुले सामान्यतया आफ्नै समस्या बढी उठाउने अपेक्षा गरिन्छ । तर महिलाहरुले आफ्ना अधिकारका निम्ति हातेमालो गर्नु जरुरी छ र पुरुषहरुले पनि महिला समानताका निम्ति सहयोग गर्नुपर्दछ ।"
पञ्चायती शासनकालदेखि नै नेपालमा मानिसहरु राजनीतिमा सक्रियरुपमा संर्घषमा होमिएका थिए । चारदशक संर्घषमा विताएको कारण संर्घष नै जीवनको अभिन्न अङ्ग भइसकेको पाण्डे अहिले सोच्नुहुन्छ । "संर्घष आफैंमा जीवनपद्धति भइसकेको म विश्वास गर्दछु । तपाईंले यसलाई सकारात्मक वा नकारात्मक रुपमा लिन सक्नुहुन्छ । कहिलेकाँही, यी संर्घषलाई म अवसरको रुपमा लिने गर्दछु किनभने यसबखत लोकतन्त्रमा रमाउने अवसर प्राप्त भएको हुन्छ ।"
राजनीतिक दलहरु प्रतिबन्धित भएको कारण सन् १९९० अघिको अवधिमा पाण्डेले राजनीतिक अधिकारका निम्ति निक्कै पीडा सहनु पर्यो । हरेक व्यक्ति राजनीतिकर्मीबाट तर्सन्थे र उहाँका नातेदारहरुले समेत रातीको बासका निम्ति अनुमति दिँदैनथे । राजनीतिकर्मीहरुले राजनीतिक, आर्थिक, सामाजिक, शारीरिक र मनोवैज्ञानिक संकटको सामना गर्नुपर्दथ्यो । सरकारका बिरुद्धमा कसैले आवाज उठाउनु वा सामुहिक एजेण्डाका निम्ति छलफल गर्न समूहमा भेला हुनुलाई अपराध मानिन्थ्यो । भूमिगत राजनीतिक दलले प्रकाशित गरेका समाचारपत्रहरु पढेमा जेल हालिन्थ्यो र रु. ३,०००।- जरीवाना तिराइन्थ्यो ।
पाण्डेले धेरै रात भोकै बिताउनु परेको थियो । त्यसबखत, राजनीतिमा संलग्नहरुलाई कालोसूचीमा राखिन्थ्यो र समाजभित्र अनुपयुक्त भनेर पन्छाइन्थ्यो । पाण्डे र उहाँका दाजुभाइले सरकारी जागीर प्राप्त गर्ने कुनै सम्भावना थिएन किनभने तीनैजना पक्राउ परेका र जेल हालिएका व्यक्ति थिए ।
"राजनीतिमा सन् १९९० मा आएको परिवर्तनपश्चात धेरै सहज भयो तर त्यति हुँदा पनि हामीले राजतन्त्रका बिरुद्धमा संर्घष गर्नुपर्यो," उहाँ भन्नुहुन्छ । राजतन्त्रको बिरुद्धमा आयोजित प्रदर्शनका क्रममा सन् २००३ मा पाण्डेको टाउकोमा चोट लाग्यो र बाँके जिल्लामा सन् २००५ मा त्रि्रामा चोट लाग्यो । यी दुईवटा चोटपटकले उहाँको दैनिक जीवनमा अझै असर गरिरहेको छ ।
पार्टीमा चुनाव लड्नका निम्ति टिकटका साथै केन्द्रीय समितिमा ल्याए पनि पार्टीको नीतिमा अझै परिवर्तन नआएको पाण्डे विश्वास व्यक्त गर्नुहुन्छ । प्रारम्भमा केही महिलाहरु मात्र पार्टीपीति समर्पित थिए तर धेरैले निरन्तररुपमा काम गर्न सकेनन् । "पार्टीको नेतृत्व पुरुष राजनीतिकर्मीको घेरामा छ र तिनीहरु लैंगिक विषयमा त्यति संवेदनशील छैनन् । राजनीतिक दलभित्र रहेको पितृसत्तात्मक मानसिकतामा परिवर्तन ल्याउन त्यति सजिलो छैन । नेपाली काङ्ग्रेसले महिलाका निम्ति समावेशीकरण र समान सहभागिताको विषय उठाउँछ तर नेताहरुको भनाइ र गराइमा तालमेल छैन । त्यसकारण आज पनि हामी निर्णयनिर्माण तहमा महिलाको उपस्थिति देख्न सक्दैनौं ।" पाण्डे सबै राजनीतिक दलभित्र यस्तै परिस्थिति रहेको स्वीकार गर्नुहुन्छ र समान सहभागिताको विषयमा बहस चलाउने माओवादीमा समेत त्यस्तै अवस्था छ ।
राजनीति पैसा कमाउने थलो नरहेको पाण्डेको धारणा छ । "महिलाले राजनीतिमा आउनु अघि यो स्थान त्याग र र्समर्पणका लागि हो भन्ने बुझेको हुनुपर्दछ ।"
पाण्डेले सन् १९८० मा विवाह गर्नुभयो र उहाँका अहिले दुई छोरा छन् । भाग्यवश उहाँका श्रीमान्ले राजनीतिक बुझ्नुभएको थियो, घर परिवारको अतिरिक्त जिम्मेवारी भए पनि उहाँले विवाहपश्चात पनि यो क्षेत्रमा निरन्तरता दिन सक्नुभएको छ । श्रीमान्को सन् २००३ मा देहान्त हुनुअघिसम्म उहाँको वैवाहिक जीवन खुशीयालीपूण थियो । "परिवारका सबै सदस्यले यस्तो क्षेत्रमा प्रवेश गर्नु पुरुषको तुलनामा महिलाका निम्ति ज्यादै कष्टकर हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ । सबैले महिलालाई सहयोग पनि गर्नुपर्दछ किनभने यो महिलाका निम्ति मात्र नभइ घर, समाज र राज्यकै निम्ति महत्वको विषय हो ।"
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .