This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


मीना आचार्यर्

अर्थशास्त्री एवँ महिला अधिकारकर्मी

महासचिव, टङ्कप्रसाद आचार्य एकेडेमी

कार्यसमिति सदस्य, महिला अर्थशास्त्रीको अन्तर्रर्ााट्रय संघ

मीना आचार्य नेपालका धेरै कम महिला अर्थशास्त्री मध्ये एक हुनुहुन्छ । उहाँको जन्म सत्तरी वर्षपहिले काठमाडौंको धोबीखोलामा राजनीतिक परिवारमा भएको थियो । सन् १९५१ मा ढलेको राणाकालीन अवधिमा राज्य र समाजले राजनीतिकर्मी, उनीहरुका परिवारका सदस्य र उनीहरुका केटाकेटी समेतलाई तिरस्कृत गर्दथ्यो । बाल्यकालमा यस्तै पक्षपात अनुभव गर्नुभएकी आचार्यले धेरै समयदेखि आर्थिक क्षेत्रमा विविध स्रोतसाधनमा नेपाली महिलाको पहुँच अभिबृद्धि गर्ने विभिन्न उपायका सम्बन्धमा सोचविचार गरिरहनु भएको छ ।

राणा शासकका बिरुद्धमा उभिनु भएका र लामो समय जेल जीवन बिताउनु भएका प्रसिद्ध राजनीतिकर्मी एवँ पर्ूव प्रधानमन्त्री टङ्कप्रसाद आचार्यकी छोरीको रुपमा आचार्यको जन्म भएको थियो । त्यसबखत, राणाको बिरुद्धमा काम गर्ने अधिकारकर्मीलाई यातना दिइन्थ्यो र कहिलेकाँही उनीहरुको हत्या समेत हुने गर्दथ्यो । ती अधिकारकर्मीका परिवारसँग समेत राज्यले वैमनष्य राख्दथ्यो । परिणामस्वरुप, राजनीतिक बन्दीका छोराछोरीलाई राम्रो व्यवहार प्रदर्शित गर्न समेत मानिसहरु डराउँथे । "मेरो बुबालाई जेल हालिएपछि हामीलाई समाजले समेत अपहेलित गर्‍यो र हामीले सामाजिक र आर्थिकरुपमै समस्या झेल्नुपर्‍यो । हामीलाई पर्याप्त खानेकुरा र लत्ताकपडा समेत प्राप्त गर्ने अवस्थाको आर्थिक स्थिति थिएन," आचार्य सम्झनुहुन्छ ।

"जेलमा राखिएका बन्दीका छोराछोरी भएको कारण हामीलाई घरभाडाको कोठा समेत उपलब्ध गराउन कसैले साहस गर्दैनथे र हामीले बत्तिसपुतलीको राममन्दिर छेउको सडकमै सुत्नर्ुपर्दथ्यो ।" राज्यले उहाँहरुको सम्पत्ति र्सवस्वहरण गरेपछि आचार्यको परिवार समेत छिन्नभिन्न भयो । उहाँकी आमा बहिनी शान्तिसँगै काठमाडौंको मामाघर जानुभयो भने आचार्यलाई धनुषा लगियो । त्यहाँ उहाँ हजुरबुबासँग बस्न थाल्नुभयो र सन् १९४७ मा विद्यालयमा भर्ना हुनुभयो ।

विद्यालयमा भर्ना हुनेक्रममा आचार्यले धेरै राजनीतिकर्मीको न्यून आर्थिक अवस्था रहेको कुरा राम्रोसँग बुझ्नुभयो । उहाँले कहिल्यै पनि नयाँ किताब पढ्न पाउनुभएन । तर उहाँकी आमा रेवन्तकुमारीमा पर्याप्त राजनीतिक चेतना रहेका कारण आचार्य र उहाँकी बहिनीले अध्ययन गर्ने मौका पाउनुभयो । आचार्यलाई सन् १९४७ मा गौशालाको गान्धीवादी आधार विद्यालयमा भर्ना गरियो । उहाँकी आमाले घरमै दुवै छोरीलाई पढाउने गर्नुहुन्थ्यो ।

"मेरो बाल्यकालमा परिवारमा आर्थिक समस्या प्रशस्तै थियो । हामी तयारी पोशाक किन्न सक्ने अवस्थामा नरहेकोले मेरी आमाले हाम्रा निम्ति कर्ुता सुरुवाल सिलाइदिने गर्नुहुन्थ्यो । बुबालाई जेलमा राखिएपछि हाम्रा आफ्नै नातेदारले समेत हामीलाई बास दिन साहस गर्नुभएन । यस्तो अवस्था रहेको भए पनि मैले पढ्ने अवसर पाएँ र यसको सम्पर्ूण्ा श्रेय आमालाई जान्छ । मेरो उदाहरण नै पर्याप्त छ कि आमाहरु शिक्षाप्रति सचेत हुन सकेमा सबै बालबालिका शिक्षित हुन सक्छन् ।"

धेरैवटा समस्या झेल्दै आचार्यले पद्मकन्या कलेजबाट आइए उत्तर्ीण्ा गर्न सफल हुनुभयो । राणा शासनको पतन भएपछि उहाँका बुबा टङ्कप्रसाद आचार्यलाई राजा महेन्द्रले सन् १९५६ मा प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । आचार्यलाई रानी रत्नराज्यबाट भारतमा गएर उच्च अध्ययन गर्न उत्प्रेरणा प्राप्त भयो । सन् १९६० मा भारतबाट स्नातक तह उत्तर्ीण्ा गरेपछि उहाँ थप अध्ययनका निम्ति छात्रवृत्ति प्राप्त गरेर मस्को जानुभयो । मस्को विश्वविद्यालयबाट इकोनोमिकल साइबर्नेटिक्स विषयमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरेपछि आचार्य सन् १९६६ मा नेपाल र्फकनुभयो । त्यसपछि उहाँले राष्ट्रबैंकमा अनुसन्धान अधिकृतको रुपमा काम थाल्नुभयो र त्यहाँ १५ वर्षविताउनुभयो । दर्ुइवर्षविश्ववैंकमा काम गरेपछि आचार्यले संयुक्तराज्य अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट आर्थिक विकास विषयमा विद्यावारिधि पूरा गर्नुभयो ।

आचार्यका अनुसार उहाँकी आमा बुबाजस्तै राजनीतिकरुपमा सचेत हुनुहुन्थ्यो । त्यर्सथ, टङ्कप्रसाद आचार्यले छोरीको बिबाह सानै उमेरमा गर्न खोज्दा आमाले नै प्रतिवाद गर्नुभएको थियो र छोरीले पढ्नै पर्दछ भन्ने धारणा उहाँको थियो । "आमाकै इच्छा मुताविक मैले विद्यावारिधि तहसम्मको अध्ययन गर्न पाएँ," उहाँ भन्नुहुन्छ ।

आचार्यले कुनै पनि प्रमुख राजनीतिक दलसँग आबद्धता नजनाए पनि महिला विकासको राजनीतिक क्षेत्रमा उहाँ सदैव सक्रिय रहनु भएको मान्न सकिन्छ । "आमाले राजनीतिको महत्व सम्बन्धमा हामीलाई पढाउने गर्नुहुन्थ्यो । महिला अधिकारको क्षेत्रमा डोर्‍याउने मेरी आमा नै मेरा निम्ति सबैभन्दा ठूलो स्रोतव्यक्ति हुनुहुन्थ्यो," उहाँ गर्व गर्नुहुन्छ । जयनगरमा नेपाली कांग्रेसको सर्म्पर्कका माध्यमबाट विभिन्न कार्यहरुमा आमा रेवन्ती कुमारी सक्रिय रहेकै बखत उहाँले जनकपुरमा सन् १९४७ मा 'आदर्श महिला संगठन' नामको संस्था स्थापना गर्नुभयो । यसका निम्ति डीपी परियारको आमा हेमलता प्रधान र अन्यको सहयोग प्राप्त थियो । यथार्थमा यो नै सबैभन्दा पहिलो महिला संगठन थियो र महिला संगठन खोल्ने आमा नै पहिलो संगठक हुनुहुन्थ्यो । यसैवर्ष रेवन्त कुमारी काठमाडौंमा नेपाल महिला संघको स्थापनामा समेत संलग्न हुनुभयो र यसको पहिलो सभापति मंगलादेवी सिंह हुनुहुन्थ्यो । "म पनि आमाले जस्तै समाज सुधारक र महिला अधिकारकर्मीको रुपमा कार्य गरिरहेकी छु र शिक्षाप्रति समर्पित छु ।"

आचार्यले आफ्नै अधिकारका निम्ति संर्घष्ा गर्नुपरेको अनुभव समेत संगाल्नु भएको छ । रसियामा अध्ययन गर्दा उहाँले एकजना रुसी नागरिकसँग प्रेम गर्नुभयो । त्यसबखत, नेपाली कानुनमा एउटा दफा थियो जसले विदेशीसँग बिबाह गर्ने नेपाली महिलाको नागरिकता समाप्त हुने भनिएको थियो । सन् १९६३ मा उहाँले राजा महेन्द्र समक्ष आफ्नो नागरिकता यथावत कायम गर्ने व्यवस्था गरिदिन अपिल गर्नुभयो र त्यसबाट उहाँले बुबाको थर कायम राख्न एवँ नेपालमा काम गर्न पाउने अवस्था हुनसक्थ्यो । महेन्द्रको निर्देशनबमोजिम उहाँले नेपाली नागरिकतालाई यथावत राख्न सक्नुभयो । त्यसको दर्ुइवर्षछि नागरिकता ऐनमा संशोधन गरियो र विदेशीसँग बिबाह गर्ने नेपाली महिलाले आफ्नो नेपाली नागरिकता नत्यागेसम्म यथावत राख्नसक्ने प्रावधान समेटियो ।

अध्ययन समाप्त गरेपछि आचार्य र उहाँको परिवार नेपाल फर्कियो । उहाँले आफ्नो पतिसँग झण्डै १४ वर्षविताउनुभयो तर आफ्नै मुलुक र्फकन चाहेका कारण पतिसँग अन्ततः पारपाचुके गर्नुभयो । त्यसयता, उहाँ छोरीहरुसँग बस्दै आउनुभएको छ । आचार्यले विश्ववैंकमा दर्ुइवर्षकाम गरेपनि आफ्नै मुलुकमा केही गर्नुपर्दछ भनेर स्वदेश र्फकनु भएको थियो ।

नेपालको महिला आन्दोलनको इतिहासमा आचार्यले दोस्रो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ । "मेरी आमा रेवन्त कुमारी, सहाना प्रधान, साधना प्रधान अधिकारी, पुण्यप्रभादेवी, कमला राणा, स्नेहलता श्रेष्ठ, मंगलादेवी सिंह र कामाक्षादेवी नेपालमा महिला आन्दोलनको श्रीगणेश गर्नुभएको थियो । यी महिला नेत्रीहरुको पछिपछि हामी छौं," आचार्यले भन्नुभयो । उहाँका अनुसार दोस्रो पुस्ताका धेरै महिला अधिकारकर्मीहरु, जस्तै, शान्ता थपलिया, तुला राणा, चाँदनी जोशी र वीना प्रधान, ले राजनीतिबाट आफूलाई अलग्गै राखेर पनि महिला अधिकारको विषयलाई उठाएका थिए ।

उहाँ पञ्चायती शासन अवधिमा महिला अधिकारकर्मी तीन किसिमका रहेको बताउनुहुन्छ । पुण्यप्रभादेवी, कमला राणा, तुला राणा र अन्यले पञ्चायती शासनभित्रै महिलाका सवाललाई उठाउनुभएको थियो । शान्ता थपलिया र अन्यले कानुनी अधिकारको क्षेत्रमा काम गर्नुभयो भने आचार्य र अन्य महिलाले सम्पत्तिमा समान अधिकार, शिक्षा अधिकार र विकासमा महिलाको सहभागिताजस्ता महिलाको आर्थिक अधिकार स्थापित गर्नेतर्फकार्य गर्नुभयो ।

आचार्यले नेपाल राष्ट्रबैंकमा सन् १९६६ मा दोस्रो श्रेणीको अनुसन्धान अधिकृतको रुपमा काम प्रारम्भ गर्नुभएको थियो । उहाँसँगै लीन बेनेट, विणा प्रधान र इन्दिरा श्रेष्ठले नेपाली महिलासम्बन्धी पहिलो अनुसन्धान कार्य गर्नुभयो र सन् १९८१ मा नेपाली महिलाको स्थिति शर्ीष्ाकको प्रतिवेदन प्रकाशित गर्नुभयो । उहाँका अनुसार यही प्रतिवेदनका आधारमा महिलासम्बन्धी धेरैवटा कार्यक्रम समेत सञ्चालनमा आएका थिए । उदाहरणका लागि, दर्ुगम क्षेत्रका महिलाका निम्ति राष्ट्रिय बाणिज्य बैंक र सरकारबाट ऋण उपलब्ध गराउने कार्यक्रम थालनी भएको थियो । आधुनिक कृषिका निम्ति साना भूमिहीन कार्यक्रम अर्न्तर्गत महिला किसानलाई कर्जा र तालिमका कार्यक्रमहरु प्रदान गरिएको थियो । विकाससँग सम्बन्धित तालिम कार्यक्रमहरु केही गैर सरकारी संस्थाहरुले समेत आरम्भ गरे । यथार्थमा, महिला जवाफदेही बजेटको अवधारणा यिनै कृयाकलापका उपज थियो ।

यसरी, पञ्चायत प्रणालीमा रहेका महिला प्रतिनिधित्व र कानुनी अधिकारका निम्ति दर्ुगम क्षेत्रमा समेत संगठित भएका थिए । त्यसबखत भूमिगत राजनीतिमा सक्रिय रहेका महिला अधिकारकर्मीले पनि राजनीतिक परिवर्तनका निम्ति संर्घष्ा गरेका थिए । "लोकतन्त्रका निम्ति भएको संर्घष्ा पनि महिला आन्दोलनको हिस्सा हो किनभने नागरिकको नैर्सर्गिक अधिकार नरहेको परिस्थितिमा महिलाको अधिकारलाई स्थापित गर्न सकिन्न," आचार्यले भन्नुभयो । "महिला आन्दोलनको एजेन्डा नै परिवर्तन भएको छ । अहिले, सरकारी, गैर सरकारी संस्था र राजनीतिक क्षेत्रमा महिलाको अधिकारको सबाललाई जोडदाररुपमा उठाउन थालिएको छ । महिला र महिलाको सामाजिक भूमिकाका विषयमा परम्परागत सामाजिक दृष्टिकोणमा केही परिवर्तन भएको अनुभव गरिए पनि यो पर्याप्त छैन ।"

महिलालाई आर्थिकरुपमा सशक्तीकरण गर्न कार्यरत आचार्य महिलाको आर्थिक अधिकार स्थापित गर्नेतर्फअझै प्रतिबद्ध रहने बताउनुहुन्छ । संविधानसभामा रहेका १९७ जना महिला सदस्यले महिलाका मुद्दाहरुप्रति सचेत रहनु आवश्यक रहेको उहाँको धारणा छ । सशस्त्र संर्घष्ामा होमिएका दर्ुगम गाउँबाट आएका माओवादी महिला सदस्यहरुलाई खासगरी आफ्ना धारणाहरु सशक्तरुपमा उठाउन सक्ने बनाउनु परको छ किनभने वर्गसंर्घष्ामा होमिएकाहरुले लैंगिक विषयलाई गम्भिरतापर्ूवक लिँदैनन् ।

राष्ट्रबैंकमा २४ वर्षकाम गर्नुभएकी आचार्य ठूलै तहमा पुग्नुभयो र त्यहाँ डेपुटी गभर्नरका निम्ति योग्य हुनुभयो । तर सन् १९९० को राजनीतिक परिवर्तनपछि अर्को व्यक्तिलाई राजनीतिक पृष्ठभूमिको आधारमा नियुक्त गरिएपछि उहाँले बैंकको सेवाबाट राजीनामा गर्नुभयो । नेपालको बैंकिङ क्षेत्रमा यति माथिल्लो तहमा पुग्ने उहाँ नै पहिलो महिला हुनुहुन्थ्यो ।

नेपाली महिला अर्थशास्त्रीको रुपमा र्सार्वजनिक पहिचान बनाउन सफल हुनुभएकी आचार्य हालै मात्र अन्तर्रर्ााट्रय महिला अर्थशास्त्री संघको कार्यकारी सदस्य निर्वाचित हुनुभएको छ । नेपालसमेत चालीसभन्दा बढी देशका ६०० भन्दा बढी महिला अर्थशास्त्रीहरु संघमा आबद्ध छन् । यो संघ महिला पर्रि्रेक्ष्यबाट आर्थिक विभेद पत्ता लगाउने, परम्परागत अर्थशास्त्रमा परिवर्तन ल्याउन प्रमुख भूमिका निर्वाह गर्ने र आफ्ना प्रकाशनमार्फ महिला अर्थशास्त्रीका विचारलाई र्सार्वजनिक गर्ने कार्यमा कृयाशील छ ।

आचार्यको विचारमा नेपालको आर्थिक क्षेत्र लैंगिक सबालमा अझै पनि संवेदनशील रहेको छैन । उहाँ भन्नुहुन्छ, "हाम्रो मुलुकको शिक्षामा महिला अधिकार र महिला सबाललाई समावेश गर्न सकिएको छैन । समाजशास्त्रीय सबाललाई महिला-मैत्री दृष्टिकोणबाट उठाउन थालिएको छ तर अर्थशास्त्रलाई अझै पनि परम्परागत शैलीमै अध्यापन गराइन्छ । नेपालमा लैंगिक सबालमा संवेदनशील थोरै अर्थशास्त्री रहेको कारणले महिलाको आर्थिक अवस्थामा चाँडो प्रगति हुन सकेको छैन ।"

मुलुकको आर्थिक नीति र बजेट निर्माणमा पुरुषहरुको हालीमुहाली छ । उनीहरुले महिलाका आवश्यकतालाई बुझ्दैनन् । महिलाका आवाजलाई पञ्च वषर्ीय योजना निर्माणका क्रममा समावेश गरिन्थ्यो तर कार्यान्वयनका सर्न्दर्भमा कुनै छलफल हुँदैनथ्यो । आचार्य भन्नुहुन्छ, "सरकारले लैंगिक-सम्बद्ध बजेट ल्याउन प्रारम्भ गरेको थियो तर कार्यान्वयन, अनुगमन र छलफलका प्रक्रिया स्थापित हुन सकेन । महिलाका निम्ति बजेटमा छुट्याइएको रकम मुख्य विषय होइन तर छुट्याइएको रकम महिलाका आवश्यकता र महिला अधिकारको संरक्षणमा उपयोग भयो भएन भन्ने हो । जहाँसम्म लगानीका विषयमा अनुसन्धान र छलफल हुन सकेको छैन । त्यसकारण सरकारले नयाँ योजना पनि बनाउन सकेको छैन ।"

धेरै वर्षेखि आर्थिक क्षेत्रमा सक्रिय सहभागी हुनुभएकी आचार्य महिलाहरु आर्थिकरुपमा सशक्तीकृत भएमा मात्र उनीहरुले अन्य क्षेत्रमा शक्ति हासिल गर्ने निष्कर्षा पुग्नु भएको छ । सन् १९७५ देखि आचार्यले आर्थिक क्षेत्रसम्बद्ध हालसम्म धेरैवटा पुस्तक र लेखहरु प्रकाशित गरिसक्नु भएको छ । हालै प्रकाशित उहाँका पुस्तकहरुमाः 'नेपालमा महिला विकासका प्रयत्नहरु -२००५)' र 'महिला सशक्तीकरण -२००७)' छन् । महिला अधिकारसँग सम्बन्धित उहाँका अधिकाँश अनुसन्धान र लेखहरु नेपालभित्र र बाहिर प्रकाशित भएका छन् ।

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .