नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
मन्जु मिश्र;
संस्थापक एवँ प्रिन्सिपल, कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी)
कार्यकारी सदस्य, इन्टरनेसनल प्रेस इन्सिटच्यूट र रेडियो, टेलिभिजनमा कार्यरत महिलाका निम्ति
अन्तर्ररािट्रय संघ
जन्म : मार्च, सन् १९६२, काठमाडौं ।
एकठाउँदेखि अर्को ठाउँ घुम्दै पत्रकारिताको कलेज स्थापना गर्ने सपनाका बारेमा बताउने 'पागल महिला' एकदिन कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको संस्थापक पिन्सिपल होला भनेर कसैले पनि विश्वास गरेका थिएनन् । नयाँ कामको थालनी गर्दा सुरुमा सहयोग गर्ने कोही नभए पनि मन्जु मिश्र आफ्नो सपनालाई कुनै पनि हालतमा पूरा गर्न प्रतिबद्ध हुनुहुन्थ्यो ।
रसिया गएर रुसी भाषा सिक्न सन् १९८१ मा योजना बनाएकी मिश्रलाई साथीहरुले एक्लो यात्रा प्रारम्भ गर्न त्रिभुवन विमानस्थलमा छाडेका थिए । उहाँलाई पत्रकारितामा धेरै रुची थियो । उहाँका बुबाले असल पत्रकार बन्नका निम्ति धेरैवटा भाषाको ज्ञान हुनु पर्दछ भन्ने गर्नुहुन्थ्यो । त्यसैकारण मिश्रले काठमाडौंस्थित विश्वभाषा क्याम्पसमा सुरुमा जापानी भाषा सिक्ने कोशिस गर्नुभयो । दुभाग्यवश, उहाँको जापानी भाषा सिक्ने इच्छा अधुरै रहृयो किनभने भाषाका सबै कक्षाहरु साँझ हुने भएकोले उहाँलाई बौद्धको घरसम्म आउनजान सम्भव थिएन ।
तर उहाँले हार खानु भएन । विश्वभाषा क्याम्पसमा रुसी, तिब्बती र चिनीयाजस्ता केही भाषा कक्षाहरु विहान पनि हुने गर्दथे । त्यसकारण मिश्रले रुसी भाषा सिक्ने निर्णय गर्नुभयो । यहीबखत उहाँले पिटम्यान र्सटहृयान्ड समेत सिक्दै हुनुहुन्थ्यो । यो सन् १९७९ को कुरा हो । उहाँले विहानको समयमा भाषा र र्सटहृयान्ड सिक्नुहुन्थ्यो र खाना खाएर दिउँसो प्रविणता तह अध्ययनका निम्ति पद्मकन्या क्याम्पस जानुहुन्थ्यो । उहाँले शिक्षकहरुले पढाउनु भएका कुराहरु र्सटहृयान्डको सहायताले अन्य साथीहरुको भन्दा चाँडो टिप्नुहुन्थ्यो ।
मिश्रले प्रविणता तह उत्तर्ीण्ा नगर्दासम्म भाषाको कक्षालाई निरन्तरता दिनुभयो । उहाँको कक्षामा १४ जना थिए र उहाँ एकमात्र छात्रा हुनुहुन्थ्यो । थप अध्ययनका निम्ति उहाँका धेरै साथीहरु राजनीतिक दलका नेताहरुको सर्म्पर्कका आधारमा रुसतर्फप्रस्थान गरिसकेका थिए । तर उहाँलाई यस्तो प्रचलनमा रुची लागेन । त्यसकारण, उहाँले काठमाडौंस्थित रुसी साँस्कृतिक केन्द्रका निर्देशक समक्ष थप अध्ययनका लागि भिसा उपलब्ध गराउन अनुरोध गर्दै सोझै पत्र लेख्नुभयो ।
मिश्रलाई भिसा दिइयो तर उहाँका क्याम्पसका कतिपय साथीहरुले विदेश नजान र यहीँ एकजना राम्रो केटोसँग विवाह गरेर घरजम गर्न सल्लाह दिए । उनीहरुले नेपाल र्फकदा बुढी हुने र कसैले विवाह नगर्ने कुरा पनि बताए । साथीसँगीबाट उहाँ निक्कै प्रभावित हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, "म आफ्नै विवाहका बारेमा बुबासँग कुरा गर्न सक्दैनथे तर उहाँ मलाई राम्रो व्यक्तित्व भएकी नेपाली महिला भएको देख्न चाहनुहुन्थ्यो ।" उहाँका बुबा मनुजबाबु मिश्रले आत्मनिर्भर र स्वावलम्बी भएपछि पनि महिलाले सहजै विवाह गर्नसक्ने बताउने गर्नुहुन्थ्यो । उहाँले संयुक्त राष्ट्रसङ्घले रुसी भाषालाई समेत मान्यता दिएको बताएर सान्त्वना दिनुहुन्थ्यो । रुस पुगेर उहाँले भाषा र पत्रकारितामा दुईवटा ड्रि्री हासिल गर्नुभयो ।
रसियाका निम्ति नेपाल छाड्ने विहान मिश्रले भारततर्फो उडान छुटाउनुभयो । उहाँ भन्नुहुन्छ, "यो नै मैले गरेको पहिलो एकल यात्रा थियो । त्यसयता, मैले समूहमा रहेर काम गर्ने चाहना राखे पनि म एक्लै हुने गरेकी छु ।"
उहाँले भाषाको कक्षा मस्कोस्थित प्याटि्रस लुमुम्बा विश्वविद्यालयमा आरम्भ गर्नुभयो तर उहाँले भाषा विषय छाडेर पत्रकारिता पढ्ने निर्णयगर्नुभयो । उहाँले राजनीतिकरुपमा स्वतन्त्र भएकोले यहाँ पनि समस्या झेल्नुपर्यो । राजनीतिक दलबाट सिफारिस भएका विद्यार्थीहरुले सातदिनभित्रै विषय परिवर्तन गर्न सक्दथे जबकी मिश्रले एकवर्षम्म संर्घष गर्नुपर्यो । अन्ततः उहाँले विश्वविद्यालयका डिनलाई आफ्नो अनुरोध बमोजिम विषय परिवर्तन गरिदिन वा नेपाल फिर्ता गरिदिन आग्रह गर्नुभयो । त्यसपछि मात्र उहाँले पत्रकारिता पढ्ने अवसर पाउनुभयो ।
मिश्रलाई रुसी भाषा राम्रोसँग बोल्न आउँथ्यो र त्यहीकारण विभिन्न विश्वविद्यालयका संकायमा अध्ययन गर्ने १४ जना नेपाली विद्यार्थीका निम्ति टोलीनेता चुनिनु भएको थियो । "कुनै पनि नेपाली साथीले समस्या भोगेको खण्डमा उनीहरुका तर्फाट मैले डिन र अन्य शिक्षकसँग कुरा गरिदिन्थेँ," उहाँ सम्झनुहुन्छ । आफ्ना साथीका निम्ति वकालत गरेर उहाँले आफूभित्रै नेतृत्व गुण विकसित गर्नुभएको थियो ।
पत्रकारिताको अध्ययनकै क्रममा सन् १९८२ मा उहाँले 'रेडियो मस्को' मा काम थाल्नुभयो र त्यही कलेजमा चिकित्सा विज्ञान पढ्दै गरेका नेपाली विद्यार्थी दिनेश आचार्यसँग प्रेम गर्नुभयो । उहाँ भन्नुहुन्छ, "दिनेश सक्रिय केटी रुचाउँथे र म राम्रो केटाको खोजीमा थिएँ, त्यसकारण दुवैबीच प्रेम हुनु स्वाभाविक थियो ।" उहाँले आर्थिकरुपमा स्वतन्त्र हुने कोशिस पनि गर्नुभयो र रेडियोमा काम गरेर रकम जम्मा गर्नुभयो ।
मिश्रले सन् १९८३ मा १५ दिन लगाएर पानीजहाजबाट लन्डनको भ्रमण गर्नुभयो । उहाँले साथीहरुसँगै भ्रमण गर्ने योजना बनाउनु भएको थियो तर साथीहरुले धोका दिए पनि साथमा कलम, नोटबुक, क्यामेरा, रुकस्याक र बाटोमा पर्ने मुलुकहरुको नक्सा बोकेर एक्लै भ्रमणमा निस्कनुभयो । पानीजहाजमै भएको हाजिरीजवाफ प्रतियोगितामा उहाँ दोस्रो हुनुभयो । धेरैवटा मुलुकको भ्रमण गरेर मिश्र रुस र्फकनुभयो । इटालीमा दुर्व्यवहार खेप्नु परे पनि रुसमा धेरै सुरक्षित र स्वतन्त्र भएको उहाँले महशुस भयो ।
उहाँले दिनेश आचार्यसँग सन् १९८६ मा विवाह गर्नुभयो । उहाँले अर्कोवर्षविश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याइ विश्वविद्यालय स्वर्ण्र्ााक प्राप्त गर्नुभयो । सन् १९८६ मा रुसी विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो र यसलाई सन् १९९२ मा प्रस्तुत शोधपत्र "नेपाली पत्रकारिताः नेपालमा पिरियोडिकल प्रेस -नेपाली प्रेस १९५१-१९८९)" ले पुष्टि गरेको थियो । उहाँलाई आवश्यक धेरै पुस्तकहरु र्फान्सेली भाषामा लेखिएका कारण उहाँले यसै अवधिमा र्फान्सेली भाषा समेत सिक्नुभयो । विद्यावारिधि गर्ने क्रममै मिश्र गर्भवती हुनुभएको थियो जसका कारण उहाँले रुसबाट पत्रकारितामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुने अवसर छुट्ने सम्भावना थियो । उहाँ भन्नुहुन्छ, "गीता मैया श्रेष्ठ नै रुसबाट पहिलो विद्यावारिधि गर्ने महिला भए पनि मानिसले मलाई नै सो उपाधि दिएको पाउँछु किनभने श्रेष्ठले एकजना स्वीडेनका नागरिकसँग विवाह गरेर बीचमै स्वीडेन उड्नु भएको थियो ।"
मिश्रको दोस्रो बच्चा सन् १९९३ मा जन्मिएको थियो र उहाँ सन् १९९५ मा नेपाल र्फकनुभयो । त्यसलगत्तै उहाँले श्रीमान्सँगै भारत र दुवई जानुपर्ने भयो र सन् १९९८ अगष्टमा दुई बालबच्चासहित नेपाल र्फकनुभयो । उहाँले अब कुनै पनि विदेशी मुलुकको भ्रमणमा नजाने प्रण समेत गर्नुभयो । श्रीमान्ले आफू र केटाकेटीलाई पछि भेट्न आउलान् भन्ने आशा राख्नुभएको थियो । "तर दुःखको कुरा वैवाहिक जीवन पारपाचुके भएर अन्त्य भयो," उहाँ भन्नुहुन्छ ।
काठमाडौं आएका दिनदेखि नै उहाँले दुःख र पीडाको सामना गर्नुपर्यो । नेपाल आएको तेस्रो दिन नै बेलायतस्थित ब्रिटिस ब्रोडकास्टिङ करपोरेसनको नेपाली सेवामा कार्यरत उहाँको भाइ रबिन्द्र मिश्र सहयोगका निम्ति काठमाडौं आइपुग्नुभयो । रबिन्द्रले उहाँको आवासको प्रबन्ध गर्नुभयो र लन्डन र्फकनुअघि उहाँका छोराहरुलाई एउटा निजी विद्यालयमा भर्ना गरिदिनुभयो । झण्डै छ वर्षम्म रबिन्द्रले हरेक महिना नियमितरुपमा आफ्नो तलबबाट रकम पठाउने गर्नुभएको थियो ।
श्रीमान्ले परित्याग गरेपछि मिश्रको परिवारका सदस्यले उहाँलाई स्वीकार गरेनन् । उहाँका बुबा समेत क्रुद्ध बन्नुभयो । भाइ रबिन्द्र बाहेक उहाँका कोही पनि नातेदारले सहयोगको हात फैलाएनन् । उहाँको जागिर र बस्नका निम्ति घर थिएन । पारपाचुके गरेकी महिलाको रुपमा प्रताडना भोग्न विवश मिश्रले कलेज स्थापना गर्ने सोच बनाउनुभयो । यो सन् १९९९ को वर्षथियो । उहाँले कलेजका निम्ति पाठ्यक्रम बनाउनेतर्फसक्रियतापर्ूवक लाग्नुभयो । कलेज सन् २००१ मा दर्ता भयो र करिब २५० अमेरिकी डलर नगदको भरमा सन् २००२ देखि पढाइ आरम्भ गरियो । कलेज दर्ता हुनु अघिल्लो दिन उहाँले बौद्ध मन्दिरमा साना छोराहरुका साथ दुईघण्टा भगवान बुद्धको पूजाअर्चना गर्नुभयो । उहाँ भन्नुहुन्छ, "मैले भगवान बुद्धसमक्ष आफ्नो निम्ति राम्रो स्वास्थ्य, सामर्थ्य र इच्छाशक्तिको लागि पर््रार्थना गरेँ, र त्यसबाहेकको अन्य कुरा आफैं हासिल गर्नेछु ।" मिश्रको वरिपरि जम्मा भएका मानिसले उहाँका कुरा सुनेर हाँसे । कार्यालय भवन र फर्निचर समेत नभए पनि उहाँले आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको निम्ति आवेदन खोलेको घोषणा गर्नुभयो ।
आफ्नै कलेज प्रारम्भ गर्नुअघि मिश्रका निकटतम नातेदारहरुले विदेशी मिडियामा कार्यरत चर्चित पत्रकार आफ्नै भाइ रबिन्द्र मिश्रसँग तुलना गर्न खोजेको भनेर विभेदपर्ूण्ा टिप्पणी समेत गरे । उहाँ कलेजको व्यवस्थापनमा त्यति अनुभव नभएकोले स्थापनाको दोस्रो वर्षआर्थिक संकट झेल्नुपर्यो । यस समस्याको समाधान गर्न मिश्रले आफ्ना सुनका गरगहना समेत बेच्नुभयो । सुनका गरगहना लगाउनुको सट्टा कुनै दिन समाजमा सम्मानित नारी हुने आफ्नो उद्देश्य र लक्ष्य अवश्य हासिल भएर सन्तुष्टी प्राप्त हुने आत्मविश्वास उहाँमा थियो । संकटको व्यवस्थापन गर्न उहाँले छोराहरुलाई महङ्गो विद्यालयबाट निकाल्नुभयो र स्थानीय विद्यालयमा भर्ना गराउनुभयो । त्यहाँबाट बचेको पैसा कलेजलाई राम्रो बनाउनका निम्ति खर्च गर्नुभयो । स्नातकोत्तर तहको अध्यापन प्रारम्भ गरेलगत्तै उहाँले पत्रकारिता विषयको स्नातक तहको पढाइ समेत आरम्भ गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, "मलाई दुःख र पीडा दिनेहरुप्रति म आभारी छु किनभने तिनीहरुले मलाई चोट नदिएको भए मेरो आफ्नै पहिचान सहितको नयाँ जीवन प्रारम्भ गर्न मलाई साहस प्राप्त हुने थिएन ।" आफ्नो र भविष्यका निम्ति केही गर्नुपर्छ भन्ने उहाँ जहिल्यै सोच्नुहुन्थ्यो । उहाँ सम्झनुहुन्छ, "मैले आफ्नै कलेज खोल्ने कुरा गर्दा मानिसहरुले मलाई 'पागल महिला' भन्नेगर्थे ।" तथापि, यही 'पागल महिला' नै अहिले कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मको प्रिन्सिपल बन्नु भएको छ र पत्रकारितामा स्नातकोत्तर तहको पढाइ हुने यो पहिलो कलेज भएको छ ।
"म अहिले कार किन्न सक्ने अवस्थामा पुगेकी छु, तर मेरो सपना आमसञ्चार र पत्रकारिता सम्बन्धी विश्वविद्यालय स्थापना गर्ने छ," उहाँ भन्नुहुन्छ । "मैले विश्वविद्यालय स्थापना गर्न सकेमा मेरो सपना पूरा हुनेछ ।"
मिश्रले अहिले विश्वविद्यालय स्थापनाका निम्ति रातदिन मेहनत गरिरहनु भएको छ र विद्यार्थीहरुलाई उहाँ देशभक्तिपर्ूण्ा शिक्षा दिने गर्नुहुन्छ । सपना देख्न छाडेमा तपाईंले कुनै पनि कुरा हासिल गर्न सक्नुहुन्न भन्ने धारणा उहाँमा छ । उहाँ विश्वकै धनी व्यक्ति बिल गेट्स, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज चालिसे र अन्य धेरै सफल व्यक्तिहरुको उदाहरण दिनुहुन्छ । कलेज र विद्यार्थीको संयुक्त प्रयासमा उहाँले कलेजमै दुईवर्षअघि १०० मेगाहर्जको 'सीजेएमसी एफएम' रेडियो स्टेशन स्थापना गर्नुभयो ।
उहाँको कलेजसँग १५ भन्दा बढी अन्तर्ररािट्रय साझेदारहरु आबद्ध छन् जसले कलेज र विद्यार्थीलाई सक्दो मद्दत गर्दछन् । छ वर्षो अवधिमै उहाँले कलेजमार्फ १७ जना विद्यार्थीलाई छात्रवृत्तिमा विदेशमा पढ्न पठाउन सफल हुनुभएको छ । कलेजले अहिले आदिवासी जनजातिका समुदायका विद्यार्थीका निम्ति ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको छ ।
मिश्र अहिले इन्टरनेसनल प्रेस इन्सिटच्यूट र रेडियो र टेलिभिजनमा कार्यरत महिलाको अन्तर्ररािट्रय संघको कार्यकारी सदस्य हुनुहुन्छ । उहाँ आफ्नो मुलुकलाई औधि माया गर्नुहुन्छ र नेपालका निम्ति संर्घष गर्नसक्ने क्षमतावान पत्रकार उत्पादनका निम्ति आमसञ्चार विषयको पहिलो विश्वविद्यालय स्थापना गरेर मुलुकको अझ सेवा गर्ने प्रयासमा तल्लिन हुनुहुन्छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .