नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
कमला पन्त
केन्द्रिय सदस्य, नेपाली कंग्रेस
जन्म स्थानः ताङ्गीचोक गाविस-१, गोर्खा
जन्म मिति : २०२१ साल जेठ १४ (मे २, १९६४)
कमला पन्तको रगतमै राजनीति छ । विगतको पञ्चायती व्यवस्थाको विरोध होस् अथवा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, उनले आफूलाई सधै प्रजातन्त्रको पक्षधर पाइन् । तर लगभग तीन दशकभन्दा लामो उनको सक्रिय राजनीतिक जीवनले उनलाई आत्मसन्तुष्टि मात्रै होइन, कहिल्यै निको नहुने घाउ पनि दिएको छ । सम्झना फेरि उही प्रजातन्त्रिक लडाइको -
राजाको प्रत्यक्ष शासनको विरोधमा पार्टीी सडक आन्दोलन थालेका बेला उनी गर्भवती थिइन् । तातो सडक, दिनहुँको धररपकड, जेलको बसाइ, लाठी चार्ज, भागाभाग अनि टियर ग्यास, गर्भवती अवस्थामा पनि उनी विचलित नभइ निरन्तर आन्दोलनरत थिइन् । तर त्यो दौडधुपको प्रत्यक्ष असर पर्यो उनको पेटको बच्चालाई - उनले कमजोर र संक्रमित छोरालाई जन्म दिइन् । जसका कारण कलिलो बालक निरन्तर न्यूमोनियाबाट ग्रसित हुन पुग्यो । चार वर्षम्म त छोरालाई जेनतेन औषधिको भरमा बचाउन सकिन् । 'तर ....... चार वर्षछि ऊ रहेन । मैले लाख कोशीश गर्दा पनि उसलाई बचाउन सकिन' भरिएका आँखाहरु पुछ्दै उनले भनिन्, 'मैले कसैलाई दोष दिनु पनि छैन । यो राजनीति गर्दाको 'पुरस्कार' होला ।'
तर उनको राजनीतिक जीवनकै कारण जेठी छोरीले पनि आमाको मायाममता र साथ भने पाउन सकेकी थिइनन् । पहिलो छोरी जन्मिएको १५ दिन पनि नवित्दै उनी राजनीतिक गतिविधिमा संलग्न हुनकालागि हिड्नुपरेको सम्झदा उनलाई कहिलेकाँही नरमाइलो पनि लाग्छ । 'अहिले पनि उनलाई दिनुपर्ने जति समय त दिन सक्दिन । तर मलाई लाग्छ, यो मेरो मात्रै होइन, राजनीतिमा संलग्न हुने सबैको समस्या हो ।' कहिलेकाँही उनलाई पार्र्टीमा सक्रिय संलग्नताका कारण परिवारप्रती आफूले न्याय गर्न नसकेको अनुभव हुन्छ । नेपालमै भएर पनि आफ्नो बाबुको अन्तिम संस्कारमा सहभागी हुन नसक्दाको त्यो बाध्यता भने जीवनभर खट्कीरहन्छ ।
कमला पन्तको जन्म वि.सं २०२१ साल जेठ १४ ( सन् १९६४ मे २) गते गोर्खा जिल्लाको ताङ्गीचोक गाउँ विकास समिति वडा नं १ मा भएको हो । उनको जन्मस्थल कुरिनघाटदेखि करिब ३ घण्टाको पैदल दुरीमा पर्छ । उनका बुवा भवानी प्रसाद पन्त गाउँका एकजना चिरपरिचित शिक्षाविद् थिए । उनले एकजना शिक्षक कृष्णप्रसाद कट्टेललाई २२ बर्षम्म घरमा आश्रय (शरण) दिएका थिए । शिक्षाविद् भएपनि छोरीको पर्ढाईलाई निरन्तरता नदिन गाउँलेहरुले दिएको दवाबका कारण उनी निरिह भए । कमला पन्तकी आमा हरिमाया पन्त नितान्त गृहिणी थिईन् । उनले ९ सन्तानलाई जन्म दिईन् । ती मध्ये अहिले ६ जना जिवित छन् ।
कमला पन्तले छिमेकमा रहेको भगवती हिमालय प्राथमिक विद्यालयबाट आफ्नो शिक्षा शुरु गरिन् । सो विद्यालय उनका बुवाले स्थापना गरेका थिए । पछि उनी मकाई सिंहमा रहेको विजय (विजया) भवानी हाई स्कुलमा भर्ना भईन् । सो हाई स्कुल उनको घरबाट करिब २ घण्टाको पैदल दुरीमा थियो । तर आठ कक्षा उत्तीर्ण गरेपछि उनलाई परिवारले विद्यालय जाने अनुमती दिएन । बरु विवाहका लागि बर खोज्न थाल्यो । त्यसबेला उनी ११ बर्षी मात्र थिइन् ।
तीन बर्षम्म उनले परिवारको खुशी र आज्ञा पालन गर्दै अध्ययनको आफ्नो रुचीलाई दबाएरै राखिन् । तर शिक्षित बाबु भएका कारण उनले तीन वर्षछि पुनः विद्यालय जाने अवसर पाइन् । उनी कक्षा ९ मा भर्ना भइन् । तर स्कूल जानु अघि उनले घरायसी काम भ्याईसक्नुपथ्र्यो । उनलाई सम्झना छ, घासँको भारी पुर्याएर भ्याइनभ्याई जाँच दिन जानु परेका ती दिनहरु । '११ बर्षो उमेरसम्म पनि म अविवाहित देखेर आमा सँधै रुनुहुन्थ्यो'', उनी सम्भिन्छिन्, 'आमालाई मेरो विवाह कहिले पनि नहोला की भन्ने डर थियो । तर मेरो बुवा प्रगतिशिल र राजनीतिक रुपमा सचेत भएका कारण उहाँले मेरो शिक्षित महिला बन्नेर् इच्छालाई र्समर्थन गनभयो ।' त्यसैले उनले दुखै गरेर भएपनि पढ्ने अवसर त पाइन् । तर अहिलेको अवस्था फेरिएको देख्दा उनी दंग छिन् । विद्यालयमा भर्ना हुने केटीहरुको संख्या अहिले केटाहरुको भन्दा बढ्दो भएकाले उनलाई अर्को पुस्ता शिक्षित र अधिकार सम्पन्न हुनेमा आशावादी छिन् ।
उनको समय वेग्लै थियो । केटाहरुलाई जहिले पनि पढाइलाई निरन्तरता दिन प्रेरित गरिन्थ्यो । उनका जेठा दाजु गिरिराज पन्तले जर्मनीमा अध्ययन गरे र अमेरिकामा अणु ९ल्गअभिबचर्०र् इन्जिनियरको रुपमा काम गरे । उनको परिवारका सम्पूर्ण सदस्यहरु अध्ययनमा निकै तेज थिए र अहिले विभिन्न सरकारी तथा समाजिक निकायमा जिम्मेवार ओहोदा सम्हालेर बसेका छन् ।
कमला पन्तले सन् १९८२ मा एस एल सी उत्तीर्ण गरिन् । त्यसपछि उनी काठमाडौं आईन् र पद्म कन्या क्याम्पसबाट सन् १९९४ मा नेपाली विषयमा स्नातकोत्तर तह पुरा गरिन् । राजनीतिक रुपमा सचेत परिवारबाट आएकाले क्याम्पस प्रवेशसँगै राजनीतिक जीवनलाई पनि उनले निरन्तरता दिइन् । उनले विद्यार्थी राजनीतिमा देखाएको सक्रियताबाट परिवारका कुनै पनि सदस्य चकित हुने कुरै भएन । क्याम्पस प्रवेशको पहिलो वर्षेखि नै नेपाल विद्यार्थी संघमा संलग्न रहेर काम थालिन् ।
अन्ततः उनी सन् १९८९ मा संघको अध्यक्षमा निर्वाचित भईन् । त्यतिखेर पञ्चायती ब्यवस्थाको विरोधमा जनआन्दोलनको भब्य तयारी शुरु भइसकेको थियो । उनले त्यो देशव्यापी जनआन्दोलनमा विद्यार्थी योगदानको नेतृत्व गर्ने अवसर पाईन् । उनी जनआन्दोलनका लागि गठित केन्द्रिय कार्य समितिको सदस्य थिइन् । जनआन्दोलनमा नेविसंघले उल्लेखनिय योगदान गर्यो । यसरी उनले जनआन्दोलनको पक्षमा जनलहरलाई संगठित गर्ने र त्यसको नेतृत्व गरि आफ्नो क्षमता पुष्टि गर्ने मौका पाइन् ।
राजनीतिमा सक्रिय संलग्नताका कारण कमलाले आफ्नो विद्यार्थी जीवनमा धेरै कठिन दिनहरु पार गर्नुपर्यो । सन् १९८९ मा त्रिभुवन विश्वविद्यालयमा भएको धर्ना कार्यक्रममा उनी पहिलो पंक्तिमा थिईन् । त्यहाँबाट पक्राउ परेकी उनी ४ महिनाका लागि जेल परिन् । जेल बस्नु करिब करिब दैनिक रुटीन जस्तै थियो । रुख विरुवा रोप्दा, विपी कोईरालालाई सम्झदा वा अन्य सामान्य काम गर्दा समेत जेल पर्ने वेला थियो त्यो । उनी भन्छिन्- मलाई सम्झनै छैन, म कतिपटक जेल परे भनेर । हजार पटक त भयो पनि होला ।
तर अझै पनि कुनै संगठनमा लागेर काम गर्न महिलाहरुलाई निकै कठिन थियो । कमलाका दाजुले उनी काठमाडौं बसेर पढ्दा आर्थिकरुपले सहयोग गरे तर युनियनमा उनको संलग्नताबाट भने खुसी थिएनन् । ''तर सन् १९८६ को सत्याग्रह कार्यक्रमपछि राजनीतिक जीवनबाट बाहिरिनु मेरा लागि असम्भव थियो,'' उनी भन्छिन् । धेरै नेताहरु जेल परेका बेला भुमिगत भएर पनि संगठन विस्तारलाई निरन्तरता दिने काम उनले गरिन् ।
राजनीतिक परिवर्तनपछि उनले विद्यार्थी नेताको रुपमा नेपाली राजनीतिमा आफ्नो योगदानलाई निरन्तरता दिईरहिन् । ०४६ सालमा भएको परिवर्तनपछि उनी त्रिभुवन विश्वविद्यालयको परिषद् सदस्यमा निर्वाचित भईन ।
छोटो राजनीतिक यात्राकै क्रममा उनले वि.सं. २०४८ साल (सन् १९९२) को संसदिय निर्वाचनमा प्रतिस्पर्धा गर्ने टिकट पाइन् । तर कंग्रेसकै केही नेताहरुले निर्वाचन जित्न उनी धेरै सानी भएकाले असन्तुष्टि व्यक्त गरेपछि उनलाई दिईएको टिकट फिर्ता लिईयो ।
वि.सं. २०५१ साल (सन् १९९४) को मध्यावधि निर्वाचनमा उनले फेरि टिकट पाईन् । उनलाई दिइएको टिकट पार्टीीत्रकै केही नेताहरुलाई सह्य भएन । उनलाई र्समर्थन र सहयोग गर्नुभन्दा उनीहरु विरोधमा उत्रिए । उनको निर्वाचन क्षेत्रमा एकजना बागी उम्मेद्वार पर्ठाईयो । यस्ता अवरोधका बावजुत उनले निर्वाचनमा विजय हासिल गरिन् र ३० बर्षै गोर्खा क्षेत्र नम्बर २ बाट तत्कालिन प्रतिनिधि सभाको सदस्य बनिन् ।
उनी भन्छिन्- वास्तविकरुपमा उच्च तहकै केही नेताहरु मलाई निरास पार्न चाहन्थे ताकि मैले त्यो अवसर परित्याग गरुँ । तर म त्यसो गर्न तयार थिईन । मैले केही सहयोगी हातहरु पाएँ र अन्ततः चुनाव जितें । पार्र्टी िभत्रका धेरै नेताहरु छक्क परे ।
संसदको सदस्यमा निर्वाचित भईसकेपछि अब उनले निर्वाचन क्षेत्रमा आफ्नो भुमिका केही परिवर्तन गर्नुपर्ने भयो । क्षेत्रीय राजनीतिको अभ्यास गर्नु र आफ्नो क्षेत्रका जनतासँग नजिक हुनु उनका लागि वास्तवमै गाह्रो थियो । आफ्ना मतदातालाई खुसी पार्नुका साथै पार्र्टीको रोलक्रममा स्थापित हुन उनले धेरै मेहनत गरिन् । उनी राजधानीमा बस्थीन् तर बारम्बार आफ्नो जिल्ला भने गइरहन्थिन् । परिणामस्वरुप, उनले वि.सं. २०५६ साल (सन् १९९९) को संसदिय निर्वाचनमा पनि टिकट पाईन र फेरि विजयी भईन् ।
२०५६ सालको संसदिय निर्वाचन माओवादीले बहिस्कार गरेको थियो । सशस्त्र संर्घषमा रहेको माओवादी बहिष्कारका कारण निर्वाचन अभियानमा जान निकै डर वा भनौ एक किसिमको आतंक नै थियो । किनभने गोर्खा जिल्ला माओवादी लडाकुको उर्वरस्थल थियो । ग्रामीण भागमा राजनीतिक क्रियाकलाप गर्न निकै अप्ठेरो परेको त्यो अनुभव उनी सोच्न पनि चाहन्नन् । त्यसैले उनलाई लाग्छ, 'माओवादीले संविधान सभा निर्वाचनमा ल्याएको परिणाम वास्तवमा
दशक लामो यातना र त्रासको परिणाम हो ।' 'निर्वाचनमा विजयी भएपछि उनी सन् १९९९ मा महिला, बालबालिका तथा समाज कल्याण सहायक मन्त्री भईन् । सहायक मन्त्री रहेकी उनलाई सोही बर्षपूर्ण मन्त्रीको जिम्मेवारी पनि दिइयो, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा । उनको कार्यकालमा केही उल्लेखनिय संरचनात्मक विकासहरु भएका छन: राष्ट्रिय महिला आयोग, बालबालिकाको कल्याणका लागि केन्द्रिय समिति लगायतको अवधारणा अगाडी आयो, महिलाविरुद्ध हुने भेदभावको उन्मुलन सम्बन्धि महासन्धिलाई बढावा दिने कार्यक्रमहरु ल्याईए, मन्त्रालयमा निशुल्क कानुनी सहायताको ब्यवस्था गरियो । यस्तै यस्तै थुप्रै सह्रानीय कामहरु भएका छन कमला पन्त मन्त्री भएका बेला ।
तर उनीसँग आफू मन्त्री भएका बेला महिला राजनीतिज्ञ हुनुको तितो अनुभव छ । मन्त्रालयलाई हस्तक्षेप गर्ने उनीभन्दा माथि कोही थिएन, तर स्वतन्त्र राज्यमन्त्रीमा रुपान्तरण नभएसम्म उनले लामो समय सम्म चिरञ्जीवि वाग्ले र गिरिजाप्रसाद कोईरालाको मातहतमा रहेर सहायक मन्त्रीका रुपमा सिमित हुनुपर्यो । उनी भन्छिन्, 'मलाई लाग्थ्यो, बारम्बार म मेरो क्षमता पुष्टिको लागि परीक्षा दिइरहेको छु । राजनीतिमा ढिलो प्रवेश गर्ने धेरै पुरुष राजनीतिज्ञहरुलाई उच्च ओहोदा प्रदान गरिएको छ । पार्र्टीको जहिलेपनि महिलालाई महत्वपूर्ण र उल्लेख्य स्थानमा पुर्याउन ढिलो गरेको अनुभव मैले गरेको छु ।'
पैतृक सम्पत्ती सम्बन्धि विधेयक लामो समयदेखि संसदमा विचाराधिन थियो । सो विधेयकलाई आजको अवस्थासम्म ल्याउन विभिन्न कमलाले निकै मेहनत गरिन् । पैतृक सम्पत्ति सम्बन्धि विधेयकका कारण सन् १९९५ देखि नै आफूहरु पुरुष सांसदहरुबाट प्रत्यक्ष आलोचना र ब्यङ्ग सहनुपर्दा उनलाई महिला अधिकार प्राप्तिका लागि आफूहरुको संर्घष निकै लामो हुने हो कि भन्ने लाग्थ्यो । मन पनि दुखेर आउँथ्यो ।
संसदभित्रका उनीहरुका प्रतिक्रिया सुनेर कहिलेकाहीँ त हामीलाई हाँसो पनि लाग्थ्यो,'महिलालाई सम्मान गर्ने राजनीतिज्ञहरु निकै कम छन् जस्तो लाग्थ्यो हामीलाई ।' यिनै विषयमा हामीबीच कहिलेकाहीं चर्को वादविवाद र बहस हुन्थ्यो । यसरी हर्ेदा त्यो विधेयक संसदमा तातो आलुको रुपमा रहेको थियो । 'लामो संर्घष र दबाबपछि पछि हामीले एक किसिमको उपलब्धी हात पार्यौं ।'उनले भनिन् । ३५ बर्षो उमेरसम्म पनि अविवाहित रहे छोरीले पनि पैतृक सम्पत्तिको अंश पाउने ब्यवस्था त्यतिवेला भयो । उनी भन्छिन्,'यद्यपी त्यो विधेयक पूर्ण भने थिएन । तर पनि त्यो अवस्थामा त्यति नै उपलब्धी पनि हाम्रालागि ठूलै थियो ।'
सन् २००६ मा संसदको पूनस्थापनापछि सरकारले हरेक सरकारी निकायमा ३३ प्रतिशत महिला सहभागिताको घोषणा गर्यो । सोही दिन, प्रस्तुत भएको सम्पत्ति विधेयक पास गर्नकालागि पार्र्टीको अनुमती नलिइकनै त्यसमा र्समर्थन गरिन् । जब त्यो विधेयक संसदबाट पारित भयो यसले पार्र्टीकोरुभित्र भुकम्प ल्याइदियो । कमला पन्तले पार्र्टी सहमती विना नै त्यो विधेयकलाई र्समर्थन गरेकोमा पार्र्टी िभत्र माफी माग्नुपर्यो ।
उनले सन् १९९६ मा कंग्रेस नेता मधु आचार्यसँग विवाह गरेकी थिईन् । उनी पेशालर्ेर् इन्जिनियर भएपनि कंग्रेसका कार्यकर्ता पनि थिए । त्यसैले पनि उनले कमलालाई पार्र्टीीकामका सिलसिलामा हरतरहले र्समर्थन र सहयोग गरे । कमला भन्छिन्, 'हामी एक अर्कालाई चिन्थ्यौं । तर हाम्रो विवाहको प्रस्ताव भने परिवारबाटै आएको थियो । निश्चितरुपले परिवारको हेरचाह तथा पार्र्टीमा जिम्मेवार कार्यकर्ताको दाहोरो दायित्व निभाउन कठिन थियो । तर परिवार र श्रीमान्को सहयोगको कारण मैले राजनीतिक जीवनलाई निरन्तरता दिन सके ।'
शान्ति प्रक्रिया र मुलुकलाई लोकतान्त्रिकरण गर्ने सवालमा माओवादी भुमिकाबारे उनी आक्रामक विचारका साथ अगाडी आईन् । उनी भन्छिन्, 'म खुसी छु कि माओवादीको जनयुद्ध र शान्ति प्रक्रियाले मुलुकलाई नयाँ आरम्भमा ल्याइदियो । तर अझै पनि माओवादी पूर्णरुपले प्रजातान्त्रिक बाटोमा आयो भन्ने कुरामा म विश्वास गर्दिन । अहिले जे देखिएको छ त्यो सबै नाटक हो । उनीहरु (एकिकृत नेकपा माओवादी) मुलुकलाई संकटमा लैजान चाहन्छन ।'
नयाँ संविधान निर्माणपछि पनि मुलुकको स्थिति सुध्र्रनेमा उनी त्यती धेरै आशावादी छैनन् । उनी भन्छिन्, 'नयाँ संविधान त्यत्रो ठूलो मुद्धा होईन । हामीसँग धेरै राम्रो अन्तरिम संविधान छ । मूख्य कुरा हामीलाई संविधान अनुसार चल्ने सरकार चाहिएको छ । कानुन आफैंमा अमुत हुन्छ । इमान्दार र गम्भिर राजनेता भएमा मात्रै यसको सही कार्यान्वयन हुन सक्छ र यसले नयाँ नेपाल निर्माणमा सहयोग गर्छ ।'
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .