नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
सविधानसभा सदस्य : एकीकृत नेकपा माओवादी
माओवादी जनयुद्धको केन्द्रविन्दु रहेको उत्तरी रोल्पाको एक गाउँमा जयपुरी र्घर्ती मगरको जन्म भएको थियो । आफ्ना आमाबुबाको ११औँ सन्तानमध्ये उहाँ नवौँ हुनुहुन्छ । उहाँका बुबा कृष्णबहादुर गाउँको मुखियाको हैसियतले त्यहाँका गाउँलेसँग जमिनकर असुल्ने गर्नुहुन्थ्यो । त्यस्तै काका मरुबहादुरले भने पञ्चायतकालमा करिब ६ वर्षम्म गाउँको प्रधानपञ्चको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँको बुबा मुखिया भए पनि सम्पत्ति कमाउने काममा उहाँले आफ्नो शक्तिलाई कहिले प्रयोग गर्नु भएन । यसरी आफ्नो बुबा र काका स्थानीय तहका शक्तिशाली व्यक्तित्व भए तापनि उहाँको परिवारको आर्थिक अवस्था भने कमजोर थियो । त्यसमा पनि अर्को विडम्बना के भने उहाँको बुबा जुवाडी हुनुहुन्थ्यो । बुबाको यही लतका कारणले घरमा भएका केही सम्पत्ति पनि ऋण तिर्दैमा सकिसकेको थियो । फलस्वरूप परिवार अझै गरिबीमा धकेलिएको थियो । तर गरिबी आफ्नो घरको मात्रै नभई गाउँकै समस्याका रूपमा रहेकाले जयपुरीले त्यसलाई त्यति ठूलो रूपमा लिनुभएन । गरिबीमा जकडिएको आफ्नो बाल्यकालका ती दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ- "रोल्पामा प्रायः सबै गरिब नै छन् । आफ्नो खेतीबाट भएको उब्जनीले वर्षरि धान्न सक्नेलाई धनी मानिन्छ । मेरो परिवारमा त आफ्नो उब्जनीले केही महिनामात्रै धान्छ, बाँकी समयका लागि अरूकामा काम गरेर आएको ज्यालाले किनेर खानुपर्छ । दुई माना चामल पनि ६-सातजनाले बाँडेर खानुपर्ने हुँदा म सधै भोकै हुन्थेँ । मलाई अहिले पनि सम्झना छ कि पेटभरि खानु नै मेरो बाल्यकालको सबैभन्दा ठूलो धोको थियो ।" 
एघार सन्तानमध्ये जयपुरी, उहाँकी एक दिदी, एक बहिनी र एउटा भाइले मात्रै विद्यालय जाने मौका पाएका थिए । विद्यार्थी जीवनदेखि नै उहाँ आत्मनिर्भर हुनुहुन्थ्यो । गाउँमै एउटा साहूजीका लागि ६० किलोसम्मको भारी बोकेर उहाँ विद्यालयको शुल्क, किताब-कापी र लुगा किन्ने खर्च जुटाउनुहुन्थ्यो । छिमेकमा रहेको दाङ जिल्लास्थित घोराही बजारमा पुगेर त्यहाँबाट भारी बोकी गाउँ र्फकन उहाँलाई नौ दिन लाग्थ्यो । हरेक पटकको उहाँको कमाइ १५० रूपैयाँ हुन्थ्यो । जयपुरीमात्रै नभई परिवारलाई पाल्नका लागि उहाँकी आमा पनि अर्काको खेतीमा काम गर्ने गर्नुहुन्थ्यो ।
छोरीलाई पढाउने चलन नभएको रोल्पाजस्तो विकट ठाउँमा सयोगवस उहाँकी दिदी गाउँकै पहिलो छात्रा बन्न पुग्नुभयो । पढाइ सकिएपछि उनै दिदी गाउँको विद्यालयमा शिक्षिका हुनुभयो । त्यसपश्चात् मात्रै जयपुरीको परिवारको आर्थिक अवस्थामा केही सुधार आउन थाल्यो । जयपुरीले आफ्नो पढाइका लागि निकै मेहनत गर्नुपथ्र्यो । तर आमाबुबाले छोरीलाई विद्यालय नपठाउने ठाउँमा आफूले पढ्ने अवसर पाउनु नै उहाँ ठूलो भाग्य ठान्नुहुन्थ्यो । उहाँको समुदायमा पुरुषको तुलनामा महिलालाई निकै विभेद गरिन्थ्यो । गाउँमा १२-१५ वर्षभत्र छोरीको विवाह गरिदिने चलनअनुसार उहाँका दिदीहरूको पनि त्यही उमेरमा विवाह भएको थियो । पुरुषको अगाडि महिलाले स्वतन्त्रपर्वक बोल्नसमेत नपाउने अवस्था रहेको सम्झँदै उहाँ भन्नुहुन्छ- "गाउँको प्रधानपञ्च रहेका मेरा काकाअगाडि उभिँदा मैले सधै शिर झुकाउनुपथ्र्यो ।"
बहुविवाहको चलन उहाँको गाउँमा थियो र जसले जति धेरै श्रीमती भित्रयायो उसैलाई बहादुर मानिन्थ्यो । उहाँको काकाका पाँचवटा श्रीमती थिए । त्यस्तै छोरो नपाउने महिलालाई समाजले स्वीकार गर्दैन थियो । त्यसैले उहाँकी आमाले पनि धेरै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउनुभएको थियो । यही पुरातनवादी सस्कारका कारण नेपालमा महिला धेरै पीडित भएको उहाँको भनाइ छ ।
वि.स. २०४६ को कुरा हो जब जयपुरी नौ कक्षामा पढ्दै हुनुहुन्थ्यो, त्यतिबेला उहाँले नेपाल कम्युनिष्ट पार्टीएमसाल) को विद्यार्थी सङ्गठनको सदस्यता लिनुभयो । त्यतिबेला उक्त सङ्गठनको महासचिव हालका माओवादी अध्यक्ष प्रचण्ड हुनुहुन्थ्यो । सोही वर्षभएको ५० दिने जनआन्दोलन सफल भएपछि विभिन्न राजनीतिक दलले आफ्नो क्रियाकलाप खुला रूपमा अगाडि बढाए । अन्य जिल्लामा झैँ रोल्पामा पनि विभिन्न दलले प्रवेश गरे । त्यतिबेलासम्म जयपुरीलाई न त साम्यवादका बारेमा थाहा थियो, न त नेपालमा राजनीतिक दल छ भनेर नै जानकारी थियो । साम्यवादले समाजमा महिला-पुरुषबीच समानता ल्याउँछ भनेर विद्यालयका शिक्षकहरूले सिकाएपछि उहाँ कम्युनिष्ट सिद्धान्तप्रति जानकार हुनुभएको हो । हाल माओवादी सेनाका प्रमुख रहेका पासाङ अर्थात् नन्दकिशोर पुन नै उहाँको विद्यालयको पहिलो कम्युनिष्ट शिक्षक थिए । राजनीतिक रूपमा उहाँ माओवादी केन्द्रीय सचिवालय सदस्य कृष्णबहादुर महराबाट पनि निकै प्रभावित हुनुभएको थियो । महरा त्यतिबेला लिबाङस्थित एक माध्यामिक विद्यालयका शिक्षक थिए । यसको केही समयपश्चात् जयपुरी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को जिल्ला कमिटी सदस्य हुनुभयो भने यसैको दुई वर्षउहाँ सोही सस्थाको केन्द्रीय कमिटी सदस्यमा रहनुभयो । २०४६ सालको आम निर्वाचनमा नयाँ खोलिएको पार्टीयूक्त जनमोर्चा नेपालका तर्फाट महरा रोल्पाबाट उम्मेदवार भएका थिए । त्यतिबेला उहाँको सो चुनाव प्रचारप्रसार अभियानमा जयपुरीले विद्यालयको एक सास्कृतिक समूहमार्फ सक्रिय सहभागिता जनाउनुभयो । रोल्पाको दुवै क्षेत्रमा उहाँको पार्टीविजयी भयो । सोही कारणले गर्दा माओवादीलाई उक्त जिल्ला जनयुद्धको उद्गमस्थलका रूपमा विकास गर्न मद्दत पुर्यायो ।
उहाँको पार्टी २०५२ सालमा आफ्नो नाम परिवर्तन गरेर नेकपा (माओवादी) राख्यो । पार्टी २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गर्यो । सो जनयुद्धको सुरुवातदेखि नै उहाँले आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनुभयो ।
२०५४ साल चैत महिनामा उहाँले रुकुम जिल्लाको आफ्नै पार्टीकार्यकर्ता विवेक के.सी.सँग विवाह गर्नुभयो । २६ वर्षो उमेरमा भएको उहाँको विवाहलाई गाउँमा निकै ढिलो विवाहका रूपमा हेरियो । किनभने त्यतिबेला उहाँको गाउँमा प्रायः जसोको विवाह १८-१९ वर्षै हुन्थ्यो । उहाँले अन्तरजातीय विवाह गर्नुभएको थियो । जुन माओवादी कार्यकर्तामाझ त्यति असामान्य मानिन्न थियो । विवाहको एक वर्षश्चात् उहाँले छोरीलाई जन्म दिनुभयो । एक महिनाको सुत्केरी बिदा सकिनासाथ उहाँ आफ्नो काममा र्फकनुभयो । दूधेबालकलाई च्यापेर उहाँ करिब दुई वर्षम्म कामको सिलसिलामा विभिन्न क्षेत्रमा खटिरहनुभयो । यही क्रममा कैयौँ पटक सुरक्षा बलबाट बच्नका लागि उहाँले जङ्गलमा लुक्नुपर्यो । छोरी दुई वर्षो भएपछि उहाँले आफ्नी आमाको जिम्मा लगाइदिनुभयो । त्यसपश्चात् आमाछोरीको भेट कहिलेकाहीँ मात्रै हुनथाल्यो ।
कार्यक्षेत्रमा खट्नेक्रममा उहाँले कैयौँ पटक आफ्नो ज्यान नै जोखिममा पार्नुपर्यो । एक जिम्मेवार पार्टीनेताका रूपमा जयपुरीले थुप्रै सशस्त्र द्वन्द्वमा महत्वपर्ण भूमिका निभाउनुभयो । हलेरी प्रहरी चौकी (रोल्पा, २०५८ असार), घोराही जिल्ला सदरमुकाम (दाङ, २०५८ कात्तिक) र सशस्त्र प्रहरी बलको सतबरिया बेस क्याम्पमा (दाङ, २०५८ चैत) मा भएको सशस्त्र द्वन्द्वमा उहाँले महत्वपर्ण भूमिका निभाउनुभयो ।
घोराही आक्रमणको क्रममा जयपुरीले दाङ जिल्लाको पार्टीइन्चार्जका रूपमा जनसेनालाई हौसाउने काममा गर्नुभयो भने सतबरिया आक्रमणको क्रममा उहाँ कमिसारका रूपमा नेतृत्व गर्नुभयो । २०६० साल जेठमा उहाँ अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को अध्यक्षका रूपमा निर्वाचित हुनुभयो । यसको ६ महिनापश्चात् नेपाली सेनासँगको भिडन्तको क्रममा उहाँका श्रीमानको मृत्यु भयो । त्यतिबेला उहाँका श्रीमान जनमुक्ति सेनाका बटालियन कमिसारका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
दस वर्षमाओवादी जनयुद्धले विकट क्षेत्रको नेपाली समाजमा थुप्रै परिवर्तन ल्याउनुको साथै त्यहाँका महिलालाई पनि पहिलेभन्दा बढी शक्तिशाली बनाएको उहाँको अनुभव छ । युद्धभूमिमा उनीहरूले पनि पुरुषसरह नै बन्दुक उठाएर बहादुरीका साथ लडे तापनि अझै समानताको लागि महिलाले लामो यात्रा पार गर्नुपर्ने उहाँको धारणा छ । यहाँसम्मकी आफ्नो पार्टी समेत नेतृत्व तहमा पुरुषको तुलनामा महिलाको प्रतिनिधित्व निकै कम भएको उहाँ स्वीकार्नु हुन्छ । "ठूलो पद पाउनका लागि महिलाले पुरुषको भन्दा निकै कडा मेहनत गर्नुपर्छ"-उहाँले भन्नुभयो ।
सविधानसभा निर्वाचनमा जयपुरीले रोल्पा जिल्लाबाट आफ्नो उम्मेदवारी दिनुभएको थियो । चुनावी प्रचारप्रसार अभियानमा उहाँ सास्कृतिक समूहसहितको जम्मा ३५ जनाको माओवादी टोलीसँग २५ वटा गाविसमा घुम्नुभयो । उहाँको क्षेत्र माओवादी जनयुद्धको केन्द्रविन्दु थियो । यद्यपि चुनावमा उहाँको स्थिति भने पर्णरूपमा सुरक्षित थिएन । चुनावको मुखैमा उहाँको क्षेत्रमा एक अन्जान समूहद्वारा पार्टी दुई कार्यकर्ताको हत्या भएको थियो । तर उक्त घटनाले विचलित नभई जयपुरीले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिनुभयो । घटनाको केही दिनपश्चात् उहाँले जयमाकसारा गाविसमा करिब एक हजारको हाराहारीमा रहेका जनसमुदायलाई सम्बोधन गर्दै निकै कष्टकर जीवनयापन गरिरहेका रोल्पाका बासिन्दालाई मुक्ति दिन माओवादीले जनयुद्ध लडेको बताउँदै सबैको मन जित्नुभयो ।

जयपुरी उहाँको पार्टी एउटा यस्ती महिला हुनुहुन्छ जसको मतदाता नामावलीमा नाम समावेश थिएन । यसैका कारण उहाँले चुनावमा भोटसमेत खसाल्न पाउनुभएन । २०५२ साल अगाडिको आम निर्वाचनमा उहाँले सहभागिता जनाउनुभएको भए तापनि आफ्नो नाम सूचीमा कसरी लेखिएन भन्नेमा उहाँलाई अचम्म लागेको छ । प्रशासनको लापरबाही र महिला मतदातालाई गरिएको भेदभाव नै यसको मुख्य कारण हो भन्ने आरोप उहाँको छ । यद्यपि १० जना पुरुष उम्मेदवारलाई हराउँदै उहाँले आफ्नो क्षेत्रबाट जित्नुभयो । उक्त निर्वाचनमा उहाँ ६९ प्रतिशत मत ल्याएर विजयी हुनुभएको थियो । चुनाव प्रचारको अभियानमा रोल्पाको थुप्रै गाविसको भ्रमण गर्दा उहाँले त्यहाँका बासिन्दामा राजनीतिक सचेतना बढेको अनुभव गर्नुभयो । तथापि उनीहरूको भौतिक अवस्था र जीवनशैलीमा भने खासै सुधार आउन नसकेको उहाँले पाउनुभयो ।
जयपुरीको विचारमा केन्द्रमा बस्ने जनताले रोल्पालाई एकदमै पिछडिएको जिल्लाका रूपमा हेरेर त्यहाँका बासिन्दालाई घृणा र दमन गर्ने गरका छन् । "काठमाडौँबाट पठाइएको प्रहरी अधिकृत नै त्यहाँ र्सवशक्तिमान हुन्छ र उसैको निर्देशनअनुसार हामी चल्नु पर्छ"-उहाँ अगाडि भन्नुहुन्छ-"यही कारणले त्यहाँका जनतामा राज्यविरोधी भावना उब्जायो र उनीहरू माओवादीमा लागे ।" त्यसैले राज्यले रोल्पामाथि गर्ने व्यवहारमा समानता नआइञ्जेल आफू सविधानसभा सदस्यको हैसियतले त्यसका लागि लडिरहने र आगामी १० वर्षभत्र आफ्नो गृह जिल्लामा विकासका कामहरू ल्याएर त्यसलाई परिवर्तन गरिछाड्ने प्रतिबद्धता उहाँ जनाउनुहुन्छ ।
यसरी एउटी मगर, एउटी महिला अधिकारकर्मी र रोल्पाको एक बासिन्दा हुँदै सविधानसभा सदस्यसम्म पुगेकी जयपुरीको सङ्र्घष आजसम्म निरन्तर चलिरहेको छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .