नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
दुर्गा सोब
अध्यक्ष, दलित महिला संघ
जन्मः जुलाई, १९६९, डोटी
दुर्गा सोबको जन्म नेपालको सुदूर पश्चिमाञ्चलको पहाडी जिल्ला डोटीको दर्ुगम गाउँमा साहिली छोरीको रुपमा सन् १९६९ मा भएको थियो । तल्लो -अछुत) जातको छोरीको रुपमा साँस्कृतिक रुपमा पिछडिएको जातिमा जन्मनु भएकी सोबलाई आफ्नो बाल्यकालमा भोगेका विभेदको नमिठो सम्झना छ । यी सम्झनाहरुले समाजले आफ्नो जातिलाई गरेको व्यवहारमा सुधार ल्याउन संर्घषका निम्ति उत्प्रेरणाको काम गरिरहेको छ ।
सोब परम्परागत सुनचाँदीको काम गर्ने 'सुनार' जातिको हुनुहुन्छ । उहाँका बुबाले परम्परागत पेशानै अंगाल्नु भयो र सुनारको कामको सिलसिलामा धेरै टाढाटाढा घुमफिर गर्नुहुन्थ्यो । उहाँका बुबाले वहुविवाह गर्नुभएको थियो र दुर्गा सोब पहिलो आमाकी सन्तान हुनुहुन्थ्यो ।
सोबले हासिल गर्नुभएको पहिलो फड्को नै नौवर्षी हुँदा विद्यालयमा भर्ना हुनुथियो । यसबखत आमाले गर्नुभएको संर्घष उहाँ अझै प्रशँसा गर्नुहुन्छ किनभने दलितबाट पहिलो बच्चाको रुपमा आमाले उहाँलाई विद्यालयमा भर्ना गराउनु भएको थियो । दुर्गम गाउँका मानिसहरुले छोरीलाई घरकै काममा लगाउनु पर्ने भनेर जोड दिन्थे र छोरालाई मात्र विद्यालयमा पठाउनु पर्दछ भन्थे । तर सोबकी आमाले परम्परा तोड्नुभयो र सोबलाई शिक्षित तुल्याउन घरका सबैजसो काम आफैंले गर्नुभयो ।
सोबका बुबा दोस्रो श्रीमतिसँग बसे पनि कसैको सहयोग नै नलिइ आमाले बुबाआमा दुवैको मायाममता र जिम्मेवारी बहन गरेर चारैजना केटाकेटीलाई हुकाउनुभयो । उहाँका आफ्नै नातेदारले समेत छोरीलाई विद्यालय पठाउन हुँदैन भनेर हतोत्साही बनाएका थिए तर त्यस समुदायबाट विद्यालय जाने सोब एकमात्र छोरी हुनुहुन्थ्यो । उहाँको समुदायका अन्य केटीहरुलाई सानै उमेरमा विवाह गर्न बाध्य पारिन्थ्यो ।
यस्तो दुलभ अवसर पाउनु भएकी सोबले डोटीको सदरमुकाम सिलगढीस्थित पद्म र्सार्वजनिक माध्यमिक विद्यालयबाट सन् १९८४ मा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गर्नुभयो । पछौटेपनबाट ग्रस्त समुदायका कारण शिक्षामा पछि परेका यहाँका जोकोही विद्यार्थीले एसएलसी परीक्षा उत्तीर्ण गर्न सक्दैनथे । सोबले एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्ने सपना देख्न थाल्नुभयो । सत्तरी जना विद्यार्थीमध्ये सेन्डअप परीक्षा उत्तीर्ण गर्ने सोब ११ औं विद्यार्थी र दलित समुदायबाट एकमात्र हुनुहुन्थ्यो ।
विद्यार्थी जीवनमा सोबले साथीसंगीसँग खेल्दा नेतृत्वदायी भूमिका पाउनुहुन्थ्यो भने केटासँग प्रतिष्पर्धा गर्ने र केटाहरुकै खेल खेल्ने गर्नुहुन्थ्यो तर अन्य केटीहरु यस्ता कृयाकलापबाट पन्छिने गर्दथे । साथीहरु र शिक्षकहरुले उत्साह दिनुको सट्टा दलितको छोरी भनेर हेप्ने प्रवृत्ति थियो ।
एसएलसी सकेपछि कैलाली जिल्लाको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्न सोबले गाउँ छाड्नुभयो । क्याम्पसमा सोबले तल्लो जातिको महिलाको रुपमा त्यति धेरै भेदभाव सहनु परेन र उहाँले केही राहत पाएको महशुस गर्नुभयो । तैपनि, दुभाग्यवश उहाँले पढाइ पूरा गर्न पाउनु भएन । उहाँले आफ्नै नातेदारको प्राथमिक विद्यालयमा पढाउन थाल्नुभयो ।
सोब १७ वर्षो हुँदा रोजगारी र शिक्षाको अवसरको खोजीमा काठमाडौं पस्नुभयो । जतिसुकै प्रयास गरे पनि उहाँले कलेजमा भर्ना हुन पाउनु भएन । राजधानीका कलेजमा त्यसबखत राजनीति र नातावाद हावी थियो, यी दुबैमा सोबको पहुँच थिएन । तैपनि उहाँले मानविकी संकायको प्रविणता प्रमाणपत्र तह निजी विद्यार्थी (प्राइभेट) को रुपमा परीक्षा दिएर उत्तीर्ण गर्नुभयो ।
प्रविणता तह पूरा गरेपछि सोबले पद्मकन्या कलेजमा पढ्ने इच्छा राख्नुभयो । यसपटक पनि कलेजमा भर्ना हुन विगतकै जस्तो समस्यासँग जुझ्नुपर्यो । यसैबखत, उहाँले रोजगारीका निम्ति निक्कै खोजी गर्नुभयो तर कलेजमा भर्ना हुनभन्दा रोजगारी पाउन कठिन भएको महशुस गर्नुपर्यो । सन् १९८९ मा स्नातक तहमा अध्ययन गरिरहेकै बखत उहाँले एक्सन-एडमा काम पाउनुभयो ।
एक्सन-एडमा सोबको काम कार्यालयका तथ्याङ्कलाई व्यवस्थितरुपमा राख्नुथियो । उहाँ पहिलोपटक रु. १३०० तलब पाउँदा अत्यन्त प्रसन्न हुनुभएको थियो, यो उहाँका निम्ति ठूलै रकम थियो । सोबले एक्सन-एडमा सन् १९९४ सम्म काम गर्नुभयो । पद्मकन्या कलेजको विद्यार्थी युनियनकी तत्कालीन सभापति कमला पन्तको सहयोगमा सोबले अन्ततः राजनीतिशास्त्र र इतिहास विषयमा स्नातक गर्ने अवसर पाउनुभयो ।
सोबले सन् १९९२ मा स्नातक तह उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयमा समाजविज्ञानमा स्नातकोत्तर तहको अध्ययनका निम्ति भर्ना हुनुभयो । सामाजिक विभेदको पुनः अनुभव गरेकी सोबको दिमागमा छुवाछुतको विषयले अझ प्रभावित गर्यो र यस्ता विभेदको उन्मूलनका निम्ति काम गर्ने अठोट लिनुभयो ।
सेती परियोजना अर्न्तर्गत सोबले नौ कक्षादेखि नै चेलीबेटी कक्षा (केटीहरुका लागि) र जिल्लाका महिला र केटीहरुलाई पढाउने कक्षाहरु सञ्चालन गरी सामाजिक कार्य प्रारम्भ गर्नुभएको थियो । डोटी जिल्लामा सञ्चालित २२ वटा यस्ता कक्षाहरुमध्ये सोबले चलाउनु भएको कक्षाले सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो ।
काठमाडौंमा काम गर्न थाले पनि सोब मौका पाउनासाथ गाउँतिर घुम्न निस्कनुहुन्थ्यो । परिवर्तनका निम्ति सहयोग गर्ने हेतुले सोबले खासगरी दलित महिलाको भलाइमा केन्द्रित गरेर आफ्नै एउटा प्रतिष्ठान स्थापना गर्नुभयो । अमेरिकी महिला अधिकारकर्मी एवँ लेखिका रोविन मोर्गानलाई सन् १९९४ मा भेटेपछि यस्तो किसिमको प्रतिष्ठान खोल्ने उहाँले सपना देख्नुभएको थियो ।
पर्ूव बालकलाकार, महिला अधिकारकर्मी, लेखिका, कवयित्री र म्यागाजिनकी सम्पादक रहेकी मोर्गानले सन् १९६० को दशकमा नागरिक अधिकार र युद्धविरोधी अभियानमा सहभागिता जनाउनु भएको थियो । आफ्नै पहलमा खोलिएका धेरैवटा महिला अधिकारवादी संस्थाकी उहाँ संस्थापक सदस्य रहनु भएको थियो जसमा न्युयोर्क र्याडिकल विमेन र विमेन्स इन्टरनेसनल टेरोरिस्ट कन्स्पीरेसी पम हेल थिए । उहाँले महिला मिडिया सेन्टर समेत स्थापित गर्नुभएको थियो ।
एसिया फाउन्डेसनको निमन्त्रणामा सन् १९९४ मा नेपालको भ्रमण गर्नुभएकी मोर्गानले नेपालका धेरै अग्रणी महिलाहरुसँग भेटघाट गर्नुभयो । कमजोर अंग्रेजी भाषाको कारण सोबलाई मोर्गानसँग भेट्न सुरुमा डर पनि लाग्यो किनभने यस्तो भेटघाटमा उहाँको अनुभव पनि थिएन । यस्ती महिलाको अघिल्तिर कसरी प्रस्तुत हुने हो भन्ने उहाँलाई थाहा पनि थिएन ।
मोर्गानसँगको भेटका क्रममा सोबले नेपालमा दलित महिलाको स्थितिका बारेमा बताउनुभयो । नेपाली महिलालाई सशक्तिकरण गर्ने सवालमा धेरैवटा योजनाहरु सञ्चालित भए पनि दलित महिलाका क्षेत्रमा कुनै पनि संस्थाले काम गरेका थिएनन् । दलित महिलाको निम्ति सामाजिक सेवाका कार्यहरु सोबले थालनी नगरेको भए उनीहरुका मुद्दा अझै पनि ओझेलमा पर्ने निश्चित थियो ।
समाजले गरिरहेको विभेदलाई दलित महिलाले कसरी सहेका छन् र नेपालमा ती विभेदहरु आम महिलाले अनुभव गरेको भन्दा विल्कुलै भिन्न रहेको सोबले व्याख्या समेत गर्नुभयो । दलित महिलाहरु पुरुषहरुबाट मात्र नभइ उच्च जातका महिलाबाट समेत थिचिएका छन् । दलित महिलाले सामना गर्नु परेका विभेद र समस्यालाई सम्बोधन गर्न अलग्गै योजनाहरु बनाउन आवश्यक छ । माथिल्लो जातका शिक्षित महिलालाई मात्र नेपालमा अवसर दिइन्छ । दलित महिलाले भोग्नु परेका पीडाहरु सुनेर अत्यन्त प्रभावित भएकी मोर्गानले यस्ता पिडाहरुलाई निर्मूल गर्न एउटा गैसस खोल्नका निम्ति सहयोग गर्ने तत्कालै बचनबद्धता व्यक्त गर्नुभयो ।
मोर्गानले नै दलित महिला संघको नामाकरण गर्नुभयो र यसका निम्ति रकम जुटाउन सहयोग गर्नुभयो । सोबले पहिलोपटक 'फेमिनिस्ट' शब्द सुन्नुभएको थियो ।
सरकारी निकायमा सन् १९९४ मा दलित महिला संघ दर्ता गर्नका निम्ति सोबलाई बोर्डमा रहने कम्तीमा सातजना दलित महिलाको जरुरी थियो । सहरमा रहेका शिक्षित दलित महिलाले आफूलाई र्सार्वजनिक गर्न हिचकिचाए र संस्थामा उनीहरुलाई राख्न कठिन भयो । अर्कोतर्फ अशिक्षित दलित महिलालाई संस्था चलाउने सीप र दक्षता थिएन । यसबाहेक, दातृ निकायका प्रमुखहरुसँगको भेटघाट गर्दासमेत उहाँले केही मात्र उत्साह पाउनुभयो ।
दलित महिला संघले ललितपुरका गोदावरी र गोदामचौरबाट काम प्रारम्भ गरेको थियो । तिनीहरुले दलित महिलाको समूह बनाए र साँझको समयमा सञ्चालित साक्षरता कक्षामा ५० जनासम्म उमेर पुगेका महिलालाई सहभागी गराइयो । नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा सोबले पर्ूर्वी तर्राईका सिराहा र सप्तरीको भ्रमण गर्नुभयो जहाँ दलित महिलाले अझ बढी समस्या भोग्नु परेको देख्नुभयो । तर्राईका दलित महिलाहरु 'दलितभित्रका दलित' थिए । उनीहरुले बाँच्नका निम्ति आवश्यक गाँस, बास र कपासजस्ता आधारभूत सुविधा समेत पाएका थिएनन् ।
दलित महिला संघले महिला समूह निर्माण गरेर उनीहरुलाई साक्षरता कक्षा, सीपमुलक तालिम, सामाजिक-आर्थिक सशक्तीकरण अभियान र आधारभूत स्वास्थ्य तालिम प्रदान गर्यो । दातृ निकाय र गैससले लामो समयदेखि दलित र दलित महिलाका सवालमा काम गरेका थिएनन् र सोबले दलितका आवाज सुनाउन निक्कै परिश्रम गर्नुपरेको थियो । नयाँ संविधानको अहिले लेखन कार्य भइरहँदा मात्र सबै पक्षले आफ्ना आवाज उठाइरहेका छन् । अहिले उनीहरुका सवाललाई सम्बोधन गर्न खोजिएको भए पनि दुर्गम क्षेत्रका दलित र दलित महिलाको वास्तविक स्थित्रि्रति अधिकाँश संस्थाहरु र नीति-निर्माताहरु बेखवर रहेको सोबको धारणा छ ।
सोबले दलित महिला संघले आज प्राप्त गरेको सम्मान हासिल गर्न धेरै प्रताडना सहनु परेको थियो । चिरपरिचित अग्रणी महिलाहरुले समेत छलफल कार्यक्रम र अन्य अवसरका बारेमा सूचना समेत नदिँदा उहाँ आर्श्चर्यमा पर्नुहुन्थ्यो । तिनीहरुले दलित महिलाका सवाललाई स्वीकार गर्दैनथे र उनीहरु सबै महिलाहरु दलित रहेको ठान्थे । तर सोब र उहाँका साथीहरुले केही महिला अधिकारकर्मीलाई नेपालमा अन्य महिलाको तुलनामा दलित महिलाहरु बढी नै जोखिममा रहेको सम्झाउन सफल भएका थिए ।
दलित महिला संघले यथास्थितिका बिरुद्धमा संर्घष गर्न र सामाजिकरुपमा निर्मित जातीय तहप्रणालीलाई भत्काउन ठूलो चूनौतिको सामना गर्नुपरेको छ । लैंगिक र जातीय विषयमा केन्द्रित रहँदै दलित महिला संघले यी अपहेलित समूहको अधिकारलाई आगामी नयाँ संविधानमा सुनिश्चित गर्नेतर्फसक्रियरुपमा कार्य गरिरहेको छ ।
गाउँदेखि राष्ट्रिय र अन्तर्रराष्ट्रिय तहमा समेत दलित महिलाको विषयमा सचेतना अभिबृद्धि गर्न सक्षम भएकोमा सोबलाई खुशी लागेको छ । आज, अधिकाँश दलित महिलाहरुले आफ्ना सवाल र अधिकारलाई बुझेका छन् ।
उहाँले संविधानसभा सम्बन्धमा जनचेतना फैलाउन दलित महिलाका निम्ति अभियान सञ्चालन गर्नुभएको छ । उहाँको अभियान आफ्ना अधिकारलाई सुरक्षित गर्नसक्ने उम्मेदवार छनौट गराउनेतर्फकेन्द्रित थियो । उहाँ अहिले नीति निर्माता तहमा र संविधानसभा सदस्यका निम्ति सुझावहरु उपलब्ध गराउने र वकालतका कार्यहरुमा संलग्न हुनुहुन्छ ।
सोबले आफ्नो संस्थालाई नेपालका सुदूर पश्चिमका बझाङ र बाजुरा समेतका ४५ वटा जिल्लामा विस्तार गरिसक्नु भएको छ । केही दलित महिलाहरु संसदमा मनोनयन गरिए पनि उनीहरुले यथार्थलाई आत्मसात गर्नसक्ने र संविधानसभामा दलित महिलाका सवाललाई अघि बढाउन सक्नेमा उहाँ शङ्का व्यक्त गर्नुहुन्छ । जस्तोसुकै परिस्थिति भए पनि दलित महिलाका निम्ति सामाजिकरुपमा सिर्जित अन्यायलाई निर्मूलन गर्ने अभियानमा सोब अडिग रहन चाहनु हुन्छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .