This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


छायाँदेवी पराजुली

लोकतान्त्रिक लडाकु
जन्मः सोलुखुम्बु जिल्ला- सन् १९१८
मृत्युः अगष्ट २६, २००६

राजा ज्ञानेन्द्रले नेपाली कांग्रेसलाई अक्टोबर २००२ मा सत्ताच्यूत गरी आफ्नै नेतृत्वमा सरकार गठन गरे जसका कारण काठमाडौंका सडकमा ठूलो पर्दर्शन भयो । एउटी सानी कदकी महिला प्रायजसो नेपाली कांग्रेसको झण्डा ओढेर पर्दर्शनको अग्रपंक्तिमा उपस्थित हुन्थिन् । ती असी वषर्या महिलाको नाम छायाँदेवी पराजुली थियो र पाको उमेर भए पनि लोकतन्त्रको लडाँईमा उहाँको उत्साह र उर्जा अथाह थियो । राजनीतिक दलमा शक्तिशाली पदमा कहिल्यै नबसे पनि उहाँ लोकतान्त्रिक लडाकुको परिचायक बन्नु भएको थियो ।

पराजुलीले भन्नुहुन्थ्यो, "म लोकतन्त्र स्थापना नहुँदासम्म गाउँ र्फकने छैन ।" नेपाली जनताले राजाको सरकार अप्रिल २००६ मा फालेको उहाँले देख्न पाउनुभयो तर त्यही वर्षो अगष्टमा देहान्त हुँदाको समयमा नेपालमा गणतन्त्र घोषित भइसकेको भने थिएन । पराजुलीको शारीरिक उपस्थिति नभए पनि उहाँको लोकतन्त्रप्रतिको अमर प्रतिबद्धता सदार्सवदा जीवन्त रहनेछ ।

राजाको कदमको सात महिनापछि मे २००३ मा नेपाली कांग्रेस र विघटित प्रतिनिधिसभामा रहेका अन्य राजनीतिक दलहरुले विरोधका कार्यक्रम आरम्भ गरे । पराजुलीले कार्यक्रममा सहभागी हुनका निम्ति सुनसरी जिल्लाबाट काठमाडौंको यात्रा गर्नुभयो । आफ्नी छोरीको घरमा बसेरै उहाँ अत्यन्त प्रतिबद्ध पर्दर्शननकारीको रुपमा चिनिनु भयो । चर्को गर्मीमा हुने पर्दर्शननमा उहाँको सहभागिताले हजारौं युवा र बुढाबुढीलाई प्रेरित गर्दथ्यो । पर्दर्शननमा सहभागी हुन तर्सिएकाहरुले समेत उहाँको साहस र उर्जा देखेर तत्कालै अघि बढ्थे । पराजुली राजाको तानाशाही शासनका बिरुद्ध तत्कालै सम्मानित व्यक्तित्व बन्नुभयो ।

सडकमा पर्दर्शननमा सहभागी भएको आरोपमा पराजुलीलाई ४० पटकभन्दा बढी पक्राउ गरियो तर यसले उहाँलाई लोकतन्त्रको लर्डाई्रंबाट कसैले रोक्न सकेन । प्रहरीले जथाभावी उहाँमाथि गरेको लाठीचार्जबाट साँच्चिकै उहाँ एकपटक नराम्रोसँग घाइते हुनुभयो । उहाँले ती दिनलाई स्मरण गर्दै भन्नुभयो, "प्रहरीले मानिसलाई जथाभावी कुटपिट गर्न थाले । मजस्ती महिलालाई समेत उनीहरुले कुनै किसिमको दयामाया देखाएनन् ।" पराजुलीले टाउकोमा लागेको चोट देखाउँदै भन्नुभयो, "यस चोटको बाबजूद हामी हुतिहारा होइनौं भन्दै म सडकमा गएँ । मैले लोकतन्त्र स्थापित नभइन्जेल सडक नछाड्ने संकल्प गरेँ ।"

पराजुलीका राणाकालमा प्रतिबद्ध स्वतन्त्रता सेनानी बुबाले स्वतन्त्रता र लोकतन्त्रको महत्वका सम्बन्धमा उहाँलाई सिकाउनु भएको थियो । पछि पराजुलीले नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालासँग भेट गर्ने अवसर पाउनु भएको थियो जसले मुलुकको हितको निम्ति राजनीतिमा प्रवेश गर्ने र संर्घष गर्ने रुची जगाउनुभएको थियो ।

पराजुलीको राजनीतिक यात्रा सन् १९५० को प्रारम्भमै शुरु भएको थियो । "बी.पी. कोइरालाको ममाथि ठूलो विश्वास थियो । उहाँले मलाई महिलाका बीचमा पुग्न, उनीहरुलाई आफ्ना अधिकारका बारेमा सचेत बनाउन र लोकतन्त्रको महत्वबारे बताउन भन्नुहुन्थ्यो । कसैले पनि आफ्ना आधारभूत अधिकारको अभ्यास गर्न नपाउँदासम्म कोही पनि खुशी हुन सक्दैन भन्ने मेरो दृढ विश्वास थियो र यो लोकतन्त्रको पर्नर्वहाली नहुँदासम्म असम्भव हुन्छ । गरिबले समेत लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउँछ, त्यसैले म जीवनपर्यन्त संर्घष गरिरहनेछु ।"

सोलुखुम्बु जिल्लामा सन् १९१८ मा जन्मनु भएकी पराजुलीको परिवार पछि सुनसरी जिल्लाको इनरुवा नगरपालिकामा बर्साई सरेको थियो । उहाँ केही महिला अधिकारकर्मीमध्ये एक हुनुहुन्थ्यो जसले नेपालका प्रमुख चारवटा लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियोः सन् १९५०, १९७९, १९९० र २००६ ।

पञ्चायतकालमा भोग्नु परेको कठिनाइ उहाँ अझै स्मरण गर्नुहुन्छ । त्यसबखत मानिसले राजनीतिलाई तिरस्कार गर्दथे र भन्ने गर्दथे, "राजनीति, यो त महिलाको काम होइन । यो पुरुषको क्षेत्र हो ।" तर उदाहरणीय नेत्री भएकै कारण, पराजुलीले भन्नुभयो, "त्यतिखेर राजनीतिमा महिलाका निम्ति वास्तवमै कठिनाइ थियो । हामी धेरै किसिमका अवरोधले जेलिएका हुन्थ्यौं । तर ती कठिनाइले मभित्र ज्वाला सिर्जना गर्‍यो र राजनीतिमा म बढी संलग्न हुन थालेँ ।"

त्यसबखत, पराजुली आफ्नो घरभित्रका काम सिध्याउन चाँडै उठ्नुहुन्थ्यो र परिवारका अन्य सदस्य उठ्नुअघि नै बाहिरिनु हुन्थ्यो । "त्यो वास्तवमै कठिन समय थियो । कल्पना गर्नुहोस् न त्यो कति कठिन थियो होला । त्यसबखत महिलालाई बाहिर निस्कन समेत अनुमति हुँदैनथ्यो, म भने सदैव घरबाहिरै हुन्थे ।"

तर्राईका महिलालाई प्रेरित गर्न त अझ कठिन रहेको उहाँलाई अझै सम्झना छ किनभने यहाँ महिलालाई मानव समेत ठानिन्न । उहाँले महिलालाई आफ्ना अधिकार, स्वतन्त्रता र लोकतन्त्र बुझ्नका निम्ति सहयोग गर्ने कोशिस गर्नुभयो तर यो त्यति सहज थिएन । "ती महिलालाई बुझाउन कठिन थियो । तिनीहरुले आफ्ना अनुहार छोप्थे र महिला समेतका अपरिचितसँग कुरा गर्न समेत डराउँथे," पराजुलीले भन्नुभयो ।

उहाँको अथक प्रयास उहाँका पति अनन्तलाल पराजुलीको सन् १९७५ मा मृत्यु भएपछि पनि निरन्तरता जारी रहृयो । धेरै कठिनाइका बाबजूद पराजुलीले आफूले गरिरहेको कामबाट विश्वास गुमाउनु भएन । आफ्ना पतिको मृत्युपश्चात उहाँले आफ्ना पाँचजना केटाकेटीको एक्लै हेरविचार गर्नुपर्‍यो । आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उहाँले धेरै दुःखका साथ काम गर्नुपर्‍यो । तैपनि, उहाँले दरिलो आमा भएको प्रमाणित गर्नुभयो र आफ्ना तीनवटी छोरी र दुई छोरालाई बुबाको अनुपस्थितिको अनुभव हुन दिनुभएन । त्यसैगरी, उहाँले विगतको भन्दा पनि प्रतिबद्धताका साथ आफ्नो राजनीतिक करिअरलाई निरन्तरता दिनुभयो ।

पराजुलीकी छोरी पवित्रा वाग्लेले आमालाई लोकतान्त्रिक आन्दोलनको अवधिभर मुश्किलले भेट्नुभयो । "उहाँ कहाँ जानुहुन्थ्यो भनेर हामीलाई पत्तो पनि हुँदैनथ्यो । उहाँ सधैंजसो बाहिरै जानुहुन्थ्यो तर बाहिरिनु अघि घरभित्रका सबै काम सकेको हुन्थ्यो । हामीलाई उहाँले यी सबै कुरा कसरी व्यवस्थित गर्नुभएको होला भनेर थाहा हुँदैनथ्यो । विरोध पर्दर्शननमा सहभागी हुन सडकमा जानुभएको कुरा थाहा पाएपछि मलाई मेरी आमाप्रति गर्व लाग्दथ्यो । म उहाँकी छोरी हुन पाएकोमा गर्वको अनुभूति गर्दछु ।" वाग्लेले समेत आफ्नी आमाको योगदानलाई राज्यले सम्मान गर्न कन्जुस्याईं गरेकोमा खिन्नता प्रकट गर्नुभयो ।

पराजुली जुलुस पर्दर्शननको सदैव अग्रपंक्तीमा रहेर गिरफ्तारी दिन तम्सिने, प्रहरीसँग लर्डाईं गर्ने, राजतन्त्रको विरोधमा नारा लगाउने र नेपाली कांग्रेसको झण्डा हल्लाउने गर्नुहुन्थ्यो । तर उहाँले नेपाली कांग्रेसले आयोजना गर्ने पर्दर्शननमा मात्र आफूलाई सीमित राख्नु भएन, उहाँले लोकतन्त्रको पुनर्स्थापनाको नाममा अन्य राजनीतिक दलबाट आयोजना हुने पर्दर्शननमा समेत सहभागी हुनुभयो ।

पराजुलीको एउटा अनौठो विशेषता नै नारा लगाउने तरिका थियो, उहाँको ठूलो र तिखो आवाजमा रौद्र अभिव्यक्ति थियो । उहाँ प्रभावशाली पार्टर्ीीेतृत्वमा नभए पनि उहाँको उपस्थितिले निश्चयनै फरक पाथ्र्यो र मानिसलाई उत्साहित बनाउँथ्यो । गणतन्त्रप्रति उहाँको उद्देश्य प्रष्ट थियो र उहाँका अभिव्यक्तिले नेपाली कांग्रेसको नेतृत्वलाई समेत बेलाबखत अप्ठ्यारोमा पार्दथ्यो ।

राजा ज्ञानेन्द्रले आधिकारिकरुपमै नेपाली जनतामा र्सार्वभौमसत्ता सुम्पिएपछि एकदिन भक्तपुरमा पराजुलीलाई मोटरसाइकलले ठक्कर दियो र उहाँ नराम्रोसँग घाइते हुनुभयो । एक महिनापछि उहाँको काठमाडौंमा अस्पतालमा निधन भयो ।

पराजुलीको देश औपचारिकरुपमा उहाँको निधन भएको २१ महिनापछि गणतन्त्र घोषित भयो । लोकतन्त्रको उहाँको सपना साकार भयो तर उहाँको माओवादीका अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई भेट्ने चाहना अधुरै रहृयो । "प्रचण्डलाई भेटेर पुनः लर्डाईं नहोस् भन्ने सुनाउन म चाहन्छु । म उनीबाट यही प्रतिज्ञा चाहन्छु । म माओवादीको र्समर्थक होइन तर गणतन्त्र नेपालको सफलताका निम्ति उनीहरुलाई जस दिन चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गर्न उनीहरु नभएको भए कहिल्यै सम्भव नहुने मैले बुझेकी छु ।"

छायाँदेवी पराजुली वास्तवमै जनआन्दोलनकी आमा हुन् र नेपालको लोकतन्त्रकी अनवरत संर्घषकी प्रतिमूर्ति हुन् । उहाँले समृद्ध लोकतान्त्रिक नेपालको सपना देख्नुभएको थियो, यस्तो मुलुक जहाँ सबै नागरिकले लोकतान्त्रिक ढङ्गबाट जीवनयापन गर्न पाऊन् ।
पराजुली हामीबीच नभए पनि उहाँले छाडेर जानुभएका सपना सुन्दर नेपालमा केन्द्रित भएका छन् । आज, हामीले पराजुलीको परिश्रमलाई स्मरण गर्नैपर्दछ र हामीले आफैंलाई सोध्नु पर्दछ, हामीले उहाँको सपनालाई चरितार्थ गर्नेगरी अघि बढीरहेका त छौं ।

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .